बुटवल । स्तन क्यान्सरले समस्या पारिरहेको अवस्थामा बुटवलमा स्तन क्यान्सरको परिक्षण तथा उपचार हुने गरि मायादेवी ब्रेस्ट केयर सेन्टर सञ्चालनमा आएको छ। बुटवल ८ सुख्खानगर भाटभटेनी नजिकै रहेको मायादेवी ब्रेस्ट केयरको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको हो।
वरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डा सञ्जय पाण्डेको एकल लगानीमा सञ्चालनमा आएको केयरमा परिक्षण, प्रयोगशाला, बाएपसी चेक, फार्मेसी लगायतका सेवा दिइने छ। २५ लाख लगानीमा रहेको सेन्टरमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन। आफू चितवन क्यान्सर अस्पतालमा रहदा अप्रेसन गरेर पूर्ण निको भएकी क्यान्सर सर्भाईवल सुनिता श्रेष्ठको हातबाट उद्घाटन गराएको डा पाण्डेले बताए ।
लुम्बिनी प्रदेशमै पहिलो पटक सञ्चालन भएको दाबी गर्दै उनले दैनिक ओपिडिको फाईदा उठाउन आग्रह गरे । विशेष उपकरणबाट गरिने बाएपसी टु्रकटको माध्यमबाट गरिने जानकारी दिँदै उनले दैनिक ओपिडी सेवा अन्तरगत बिहान ८ बजेदेखी १० र साझ ५ बजेदेखी ८ सम्म सेवा प्रदान गरिने जनकारी दिए ।
उनले पछिल्लो समय पुरुषहरुमा समेत स्तनक्यान्सर हुन्छ भन्ने जानकारी नभएकोले अवको चूनौती नै यही रहेकोले यसको बारेमा जनचेतना आवश्यक रहेको उल्लेख गरे । ल्याबका निर्देशक अमर गुप्ताले सहुलियतपूर्ण तवरबाट जाच गरिनेछ। साथै शुभारम्भको अवसरमा निशुल मधुमेह परिक्षणका साथै अन्य ल्याब सेवामा २५ प्रतिशत छुट रहेको उनले जानकारी दिए।




