२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कारागारलाई पत्र पठाउँदै सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू

कारागारलाई पत्र पठाउँदै सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू

कारागारलाई पत्र पठाउँदै सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू

कारागारलाई पत्र पठाउँदै सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू

कारागारलाई पत्र पठाउँदै सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न  जारी भएकाे पत्र आधिकारिक नभएको बताएको छ । कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेख्दै सर्वोच्चबाट नाउपाका संस्थापक चौधरीलाई पक्राउ गर्न  जारी भएकाे पत्र आधिकारिक नभएको दाबी गर्दै यसअघि पठाएकाे पत्र आधिकारिक नभएकाे भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएकाे हाे । साथै, पक्राउ परेका चाैधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुराेध गरेकाे छ  ।

    आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुइँकेलले जानकारी दिए ।

    उनले भने, ‘उहाँको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा छ । यस्तो अवस्थामा पक्राउ पुर्जी जारी गर्ने कुरा हुँदैन । त्यसैले त्यो पत्र के कसरी गयो अनुसन्धान भइरहेको छ । कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइसकिएको छ ।’

    पत्रमा भनिएकाे छ,’अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

    त्यस्तै अदालतल कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई अनधिकृत पत्र लेख्ने शाखा अधिकृतमाथि कारबाही प्रक्रिया सुरु भइरहेको जनाएको छ । अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया शुरु गरिएको प्रवक्ता कुईंकेलले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij