बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रमलाई 'टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो' भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले सरकारको नीति तथा कार्यक्रम, पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो, टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो भन्दै टिप्पणी गरेका हुन् ।
उनले अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो, गरिनेछ, भनिनेछ, सुनिनेछ भन्ने सुगारटाइ जस्तो भन्दै कटाक्ष गरेका छन् ।
उनले भनेका छन्-
सरकारको नीति तथा कार्यक्रम ..................
पुरानो ढराको च्यात्तिएको कागज जस्तो ।
टोले गुन्डाहरुको हप्ता उठाउने सम्झौताको खोष्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो । गरिने छ, भनिने छ, सुनिने छ, भन्ने सुगा रटाई जस्तो ।।
न त युवाको रोजगारीको लागि नत देशका लागि आयो।
यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो।




