२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

     

    संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ ।

     


    यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो ।

     

    राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

     


    त्यसपछि आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ ।

     

    राष्ट्रिय सभामा आज र भोलि(मंगलबार) नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि भोलि नै प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यतालिका छ ।

     

    राष्ट्रिय सभाको क्यालेन्डर अनुसार आज र भोलि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । भोलि नै प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तालिका क्यालेन्डरमा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij