२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २६ २०८१
मंगलवार, आषाढ २६ २०८१
  • काठमाडाैं | नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताएका छन् । 

    ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै उनले सङ्कटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धतासहितको समझदारीमा एमाले र कांग्रेस पुगेकाले नयाँ गठबन्धनको सरकार बनाउन थालिएको बताए । 


    महासचिव पोखरेलले अब बन्ने सरकारले देश र जनताका समस्या समाधानका लागि अन्तिम विकल्प भएको समेत बताए । मुलुकका दुई ठूला दल सम्मिलित सरकार देशका समस्या समाधान गर्न र जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न नसके राष्ट्र नै असफल हुनसक्ने उनको दाबी थियो ।  

    उनले भने, “जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको असन्तुष्टि पैदा भएको बेला त्यसलाई कसरी चिर्न नयाँ सरकार गठन हुन लागेको हो ।”
        
    सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महासचिव पोखरेललाई सञ्चार नीतिको मस्यौदा हस्तान्तरण गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij