२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नगरबासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने नगर प्रमुख यादवको भनाइ

नगरबासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने नगर प्रमुख यादवको भनाइ

नगरबासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने नगर प्रमुख यादवको भनाइ

नगरबासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने नगर प्रमुख यादवको भनाइ

नगरबासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने नगर प्रमुख यादवको भनाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • परासी । हकुई स्वास्थ्य  चौकीको नवनिर्मित भवन समुदघाटन  तथा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडान १६ स्थित रहेको हकुई स्वास्थ्य चौकी सुबिधा सम्पन्न  नवनिर्मित भवन समुदघाटन किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषण गरिएको हो ।


    रामग्राम नगरपालिकाको नगरपमुख धनपत यादवले एक कार्यक्रमको बिच हकुई स्वास्थ्य चौकी सुबिधा सम्पन्न  नवनिर्मित भवन समुदघाटन किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषण गरेका हुन ।समुदघाटन घोषण गदै नगरप्रमुख यादवले आम नगरबासीलाई स्वाथ्य सेवा पहुँच पुयाउनको लागि स्वास्थ्य क्षेत्र सेवा बिस्तार गरी नगरबासीलाई नगरपालिका सधेैभर तत्पर रहेको बताएका छन । 
    स्वास्थ्य सेवामा नगरपालिकाले आफनो स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रदान गदै आएको बातउदै स्वास्थ्य क्षेत्र मात्र नभई कृषि शिक्षाको नगरपालिकाले अब्बल काम गरिहेको बताए । नगरपालिकाले स्वास्थ्य चौकी भवनहरु सुबिधा सम्पन्न निर्माण गरी स्वास्थ्य सेवा बिस्तार गरी स्वास्थ्य क्षेत्रमा अरु पालिका भन्दा रामग्राम नगरपालिका एक नम्बर रहेको नगरप्रमुख यादवले दाबी गरे । 


    रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यामबहादुर कुवँरले सुबिधा सम्पन्न भवनबाट अब दिनमा स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा प्रदान हुने भन्दै यहाँ वडाबासीहरुले यसको भरपूर्ण फाईदा लिने कार्य र सहज पुग्ने बिश्वास व्यक्त गरेका थिए ।  नगरपालिकाले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीबाट निशुल्क भिडियो एक्सरेबाट गर्भवती सेवा प्रदान गदै आएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताए । 


    ग्रामीण भेग पर्ने आठ वटा स्थानबाट गर्भवती महिलाहरुलाई निशुल्क एक हजार पाँच सय १७ जनालाई सेवा दिएको हरिजनले जानकारी दिए । हकुई स्वास्थ्य संस्थाबाट मात्र तीन सय५३ जनालाई सेवा भिडियो एक्सरे सेवा गरेको हकुई स्वास्थ्य चौकी प्रमुख नियाज अहमद खाँले बताए । उनको अनुसार १० बर्षदेखी १९ बर्षसम्मको वडान १६मा किशोर किशोरीहरु रहेको जानकारी दिए । करिब एक करोडको लगातमा शहरी बिकास मन्त्रालाय दुई तल्ले भवन निमार्ण भएको खाँले बताए ।


    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष केशव पराजुली,वडा न १६ का वडा अध्यक्ष बिजय कुमार यादव, पूर्व वडाअध्यक्ष भगवन्त थारु वडासदस्य दिपक चौधरी, समाजसेबी राममिलन सहानी,रामग्राम नगर प्याब्शन अध्यक्ष बलिराम यादव , सुक्रौली स्वास्थ्य सिअहब टिकाराम पोखरेले लगायतले धारण राखेका थिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij