२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नीति तथा कार्यक्रममाथिको छलफल सकियो

नीति तथा कार्यक्रममाथिको छलफल सकियो

नीति तथा कार्यक्रममाथिको छलफल सकियो

नीति तथा कार्यक्रममाथिको छलफल सकियो

नीति तथा कार्यक्रममाथिको छलफल सकियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिएसँगै नीति तथा कार्यक्रममाथिको छलफल सकिएको हो ।

     


    प्रतिनिधिसभाको बैठकमा अहिले नेपाल सरकारको वार्षिका नीति तथा कार्यक्रममाथिका विभिन्न दलका सांसदहरूले पेश गरेको संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिँदैछ ।

     

    आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

     


    त्यसमाथि २२ वैशाखदेखि छलफल सुरु भएको थियो । आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

     

    नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij