२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।


    नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत् सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका  जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि रु सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा रु सात हजार दुई सय ८० भाडादर कायम छ ।


    मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए ।


    निगमको १८ सिट क्षमताको जहाजले  बिहान ६ः१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij