२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रतिनिधिसभामा प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने

प्रतिनिधिसभामा प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने

प्रतिनिधिसभामा प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने

प्रतिनिधिसभामा प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने

प्रतिनिधिसभामा प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • बुटवल ।  प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि झन्डै १८ घण्टा छलफल हुने भएको छ ।

    आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।

    सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिका अनुसार आज चार घण्टा, भाेलि पाँच घण्टा, आउँदाे जेठ १ गते चार घण्टा र जेठ २ गते पाँच घण्टा छलफल हुनेछ ।

    दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले पाँच/पाँच घण्टा, नेकपा (माओवादी केन्द्र) ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी) ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच/पाँच मिनेट समय पाएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij