२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुरुयोजना बनाएर तिलौराकोटको विकास : लामा

गुरुयोजना बनाएर तिलौराकोटको विकास : लामा

गुरुयोजना बनाएर तिलौराकोटको विकास : लामा

गुरुयोजना बनाएर तिलौराकोटको विकास : लामा

गुरुयोजना बनाएर तिलौराकोटको विकास : लामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ १ २०८२
बुधवार, जेठ १ २०८२
  • कपिलवस्तु । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले प्राचीन शाक्य राज्यको राजधानी तिलौराकोट (कपिलवस्तु) को गुरुयोजना बनाएर विकास गर्नु पर्ने बताएका छन् । तिलौराकोटमा आयोजित २५६९औँ बुद्ध जयन्ती तथा प्रसूति उत्सव कार्यक्रममा बोल्दै कपिलवस्तु, रामग्राम र देवदहको विकासका लागि गुरुयोजना बनाएर बौद्ध विहार र गुम्बाहरु निर्माण गर्नु पर्ने बताएका हुन् ।

     “कम्तिमा पूजा गर्नका लागि गुम्बा चाहियो, आउने पर्टकहरुलाई बासको व्यवस्था गर्नु पर्यो ।”– उनले भने । तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकरण हुने अन्तिम चरणमा रहेको जानकारी दिँदै उपाध्यक्ष लामाले यस क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने बताए ।


    २०४२ सालमा निर्माण गरिएको लुम्बिनी विकास  ऐनले प्रदेश र स्थानीय सरकारले नचिन्ने भएका कारण ऐन संशोधन गर्नु पर्नेमा जोड दिए । ऐनमा जे सुकै उल्लेख भएको भए पनि प्राचिन सम्पदाहरुमा स्थानीयको पहिलो अधिकार हुने भएकाले तिलौराकोट क्षेत्रको विकासका लागि हातेमालो गर्न स्थानीय बासिन्दासँग उनले आग्रह गरे ।


     ऐन संशोधनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गर्दै उपाध्यक्ष लामाले ऐन खुकुलो हुने हो भने बौद्ध क्षेत्रको विकास गर्न सरकारको बजेट आवश्यक नपर्ने बताए । “संसारभर लाखौँको संख्यामा बौद्धमार्गीहरु छन्, बजेटको समस्या हुँदैन, पैसाको व्यवस्था हामी गर्छौँ, बरु सयन्त्र बनाएर सरकारले नै खर्च गरोस् ।” – उपाध्यक्ष लामाले भने । तिलौराकोटलगायतका बौद्ध क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै उनले यसका लागि सबै क्षेत्रको साथ सहयोग आवश्यक पर्ने बताए ।


    कार्यक्रमको अवसरमा मंगलबार बिहान शिशु बुद्धको प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर ‘प्रसूति उत्सव’ गरिएको थियो  ।  शिशु बुद्धको प्रतिमा लिन कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार  तामाङसहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको थियो । 


    शिशु बुद्ध लिएर गएको प्रमुख जिल्ला अधिकारी तामाङसहितको टोलीलाई तिलौराकोटमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij