२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

०६४ को जस्तै मा‌ओवादीको हात बलियो बनाइदिनुस्: प्रचण्ड

०६४ को जस्तै मा‌ओवादीको हात बलियो बनाइदिनुस्: प्रचण्ड

०६४ को जस्तै मा‌ओवादीको हात बलियो बनाइदिनुस्: प्रचण्ड

०६४ को जस्तै मा‌ओवादीको हात बलियो बनाइदिनुस्: प्रचण्ड

०६४ को जस्तै मा‌ओवादीको हात बलियो बनाइदिनुस्: प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ३ २०८२
शुक्रवार, जेठ ३ २०८२
  • बुटवल ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको सुरुवात गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले जित्नुपर्ने बताएका हुन्। 


    'साँच्चै भ्रष्टाचारको अन्त्य गर्न, जनताको हक अधिकार सुनिश्तित गर्न माओवादी केन्द्र बलियो हुन जरुरी छ। जसले यो व्यवस्था ल्यायो त्यो बलियो हुनुपर्छ,' उनले भने, '०६४ जस्तै माओवादीको हात बलियो बनाउन सकियो भने सुशासन र आर्थिक र सामाजिक क्षेत्र बलियो हुनेछ।'

    त्यस्तै उनले आफू नेतृत्वको सरकारले राम्रा काम गरिरहँदा बिचौलिया र दलालहरूले कांग्रेस-एमालेसहितको गठबन्धन बनाएर सरकार बाहिर पुर्‍याएको आरोप लगाए। 

    'बिचौलिया दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे। तर पनि हामीले खबरदारी गरिरहेका छौँ। सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरेहको छ,' उनले भने, 'ठूलो चुनौतीका साथ सरकारलाई खबरदारी भनिरहेका छौँ। पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो। त्यसकाविरुद्ध अहिलेको गठबनधन सरकार बन्यो। धेरै भ्रष्टाचार काम अघि बढाउँदैछन्। भूमि अध्यादेश हेरौँ। गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन्। यो गलत दिशातिर सरकार गएको छ। हामी त्यसलाई चुनौती दिएर हिँडेका छौँ।'

    उनले कांग्रेस र एमालेसँग मिलेर भन्दा एक्लै चुनाव लड्दा उपनिर्वाचनमा पहिलो पार्टी बनेको उनको दाबी छ। उनले अब एक्लै चुनाव लड्न सक्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij