गाैरीशंकर जयसवाल /परासी ।पश्चिम नवलपरासीमा संचालित बहुक्षेत्रिय पाेषण सम्बन्धी बार्षिक प्रगाति समीक्षा कार्यक्रम गरिएकाे छ ।जिल्ला समन्वय समिति पश्चिम नवलपरासीकाे आयाेजनामा स्थानिय तहमा संचालित बहुक्षेत्रिय पाेषण सम्बन्धी बार्षिक प्रगाति कार्यक्रम कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा सात वटा स्थानीय तहमा २०८०/०८१मा भएकाे पाेषण सम्बन्धि प्रगातिबारे समीक्षा गरिएकाे जिल्ला समन्वय समितिका प्रमुख भगाैतीप्रसाद ( रूदल) यादवले जानकारी दिए । उनले सात वटा स्थानीय तहमा संचालित बालबालिकालाई कुपाेषण हुनबाट बचाउनकाे लागि संचालन भएकाे प्रगाति लक्षय आगमी दिन गरिने कार्यक्रमकाे बारे छलफल गरिएको बताए ।
सात वटा स्थानिय तह स्वास्थ्य शाखा प्रमुख तथा बहुक्षेत्रिय पाेषणका सहजकर्ताहरूले २०८०/०८१मा भएकाे कार्यक्रम प्रगतिबारेमा जानकारी गराएका थिए ।
उनिहरूले समयमा बजेट नपाउदाँ कार्यक्रम संचालनमा कठिनाइ भएकाे र बजेट आएपनि जति बजेट छुट्ईएकाे बजेटमा पनि कम बजेट पाईदिदाँ पाेषण काम गर्न कठिन भएकाे गुनासाे गरेका थिए ।
पाेषणमा सुत्केरी आमा पाेषण खाना कार्यक्रम असल खाजा कुपाेषित हुनबाट बालबालिकालाई बाचउनकाे लागि विभिन्न कार्यक्रम संचालन गरिएकाे रामग्रामका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले बताए । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थीले चार पालिकमा ५ बर्षमुनिका बालबालिकालाई १२ सय ३१ जना बाल स्क्रानिड गरिएकाे जसमध्ये मध्यखाल ८ सय ६९ र कडा खालका कुपोषण ४६ जना भेटिएको जानकारी दिए ।
बेश नेपालका प्रमुख शालिकराम पाेखरेलले ११ हजार ५ सय बालबालिका रहेकाेमा १२ सय ३१ स्क्रानिड गरिएकाे जसमध्ये ९ सय १४ जना कुपाेशित बालबालिका पाईएकाे र उपचारपछि ७ सय ७५ निकाे भएकाे बताए । जिल्ला समन्वय समितिका समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरुले बालबालिकालाई कुपोषण हुन नदिनकाे लागि पाेषण क्षेत्रमा सबेदनशिल भएर गर्नुपर्नेमा जाेड दिदै बालबालिकालाई कुपोषणबाट जाेगाउन स्वास्थ्यकर्मीहरूकाे दायित्व र जिम्मेवारी भएकाेले यसक्षेत्रमा लगनशील जिम्मेवार भए काम गर्नुपर्ने हुन्छ ।
उनले बालबालिकालाई कुपोषण चेतनाको कमिले गर्दाले पनि कुपाेषण हुने भएकाेले स्वास्थ्यकर्मी वा महिला स्वास्थ्य स्वयसेविका मार्फत समुदाय स्तरमा चेतना जगाउन आवश्यक रहेकाे बताए । कार्यक्रम सात वटा स्थानिय तह स्वास्थ्य शाखा प्रमुख तथा बहुक्षेत्रिय पाेषणका सहजकर्ताहरूले सहभागीता रहेकाे जिल्ला समन्वय समितिका शाखा अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए ।




