२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • बुटवल ।  जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ । आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन्।

    सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताइन् । संवादका निष्कर्षको कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक रहेको उनले बताइन्।


    त्यस्तै उनले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठान गरिने उल्लेख गरे।  मन्त्री राणाले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्ने साझा प्रतिवद्धताका लागि सगरमाथा सम्वाद ऐतिहासिक फोरम हुन पुगेको बताइन्।


    उनले सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी दिइन् । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक सगरमाथा सम्वाद आयोजना गरेको हो । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij