२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्राविधिकहरुको क्षमता अभिबृद्धि

प्राविधिकहरुको क्षमता अभिबृद्धि

प्राविधिकहरुको क्षमता अभिबृद्धि

प्राविधिकहरुको क्षमता अभिबृद्धि

प्राविधिकहरुको क्षमता अभिबृद्धि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • बुटवल । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा अटोमोबाइल सम्बन्धी उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको पहिलो चरणको तालिम सकिएको छ भने दोस्रो चरणको तालिम शुरु भएको छ ।

    प्रशिक्षार्थीहरूले सिकेको सिपलाई अनुसरण गर्दै निर्माण गरेको इलेक्ट्रिकल भेइकललाई सञ्चालन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । 

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल शाक्यले इलेक्ट्रिकल भेइकल मर्मत तालिम केवल व्यक्तिगत शिप विकासका लागि मात्र नभई राष्ट्रिय विकास र वातावरण संरक्षणका लागि अपरिहार्य भएको बताए । उनले  बदलिदो प्रविधि सँग प्रतिस्पर्धा गर्न र उज्वल भविष्य निर्माण गर्न इभी मर्मत तालिम आजको आवश्यकता भएको जानकारी दिए ।

    बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका संस्थापक अध्यक्ष तथा संरक्षण सल्लाहकार खडग बहादुर गौतमले यिनीहरूमा प्रयोग हुने मटर, ब्याट्री ,पावर कन्ट्रोल युनिट, चार्जिङ सिस्टम जस्ता उपकरणहरू परम्परागत गाडीभन्दा फरक भएको र यस्ता जटिल प्रविधिहरूको उचित ज्ञानबिना मर्मत सम्भवन भएको बताउँनुहुँदै तालिम सञ्चालनगर्ने आयोजकलाई धन्यवाद दिए ।

    कार्यक्रममा बोल्दै रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर सिर्जनागर्न यस्ता तालिमले सहयोग पुर्याउने बताए ।

    बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले प्रशिक्षार्थीलाई समय सापेक्ष व्यावसायिक र अत्यन्तै आवश्यक विषयमा तालिम लिने अवसर मिलेकोले  अवसरको सदुपयोग गर्न आग्रह गरे । उनले नेपालमा इभीको प्रयोग बढ्दै गएकाले दक्षजनशक्तिको माग बढ्दो भएको, तालिमले रोजगारका अवसर सिर्जना गर्नुका साथै स्वदेशी प्रविधिमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनुको साथसाथै व्यावसायिक क्षमता बढाउन इभी मर्मत तालिम अपरिहार्य रहेको बताए ।

    कार्यक्रममा तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका ई.सन्दीप लेखकले सहभागीहरूलाई इभीको आधारभूत संरचना र कार्यविधि, ब्याट्री प्रविधि र मर्मत, इलेक्ट्रिक मोटरहरू र तिनको मर्मत, पावर इलेक्ट्रोनिक्स र कन्ट्रोल सिस्टम, सुरक्षा नियमहरू र सावधानी, प्रायोगिक अभ्यास, रुटिन मर्मत र समस्या समाधान , चार्जिङ प्रणाली र चार्जरहरु विषयमा आधारित रहेको तालिममा प्रशिक्षार्थीहरूले देखाएको चासो जिज्ञासा र सहभागिता प्रेरणादायी रहेको बताए ।

    प्रशिक्षार्थीको तर्फबाट आफ्नो भनाइ राख्न ुहुँदै संस्थाका निवर्तमान अध्यक्ष तुलसीराम न्यौपानेले विद्युतीय सवारी साधन सम्बन्धी तालिमले आधुनिक प्रविधिको ज्ञान मात्रै नभई व्यवहारिक सिप प्रदान गरेको बताउँद तालिम प्रभावकारी र उपयोगी भएको बताए ।

    संस्थाका उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख र्ध्रुर्वराज भुसालको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पुनीत पोख्रेलले गरेका थिए ।

    कार्यक्रममा १७ उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अर्को तालिमको लागि १५ उद्योगबाट २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

    तालिमको उद्देश्य बजारमा सम्वन्धित पेशामा कार्यरत कामदारहरुलाई नयाँ प्रविधिमा आधारित विद्युतीय सवारी साधनको समुचित ज्ञान र दक्षता विकास गर्नु रहेको आयोजकको भनाइ छ । कार्यक्रममा तालिमको संयोजन रूपन्देही उद्योग संघका सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij