२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २६ २०८१
मंगलवार, आषाढ २६ २०८१
  • बुटवल । डकुमेन्ट्री सर्ट फिल्म 'लापत्ता सन्तान' को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको र यसले आफ्ना हराएका सन्तानको खोजीमा निस्केका अभिभावकहरूको हृदयविदारक भावनात्मक संघर्षलाई उजागर गरेको पोस्टरबाट अनुमार्गित सकिन्छ।

    यो त पोस्टरवाट अनुमान गरिएको कुरा भयो । तर, फिल्म निर्माण टिमले के विषयमा प्रोजेक्ट वनाएको छ सार्वजनिक गरेको छैन। निर्देशक ज्ञवालीले विभिन्न कारण आस्रम पुगेका वुवा आमा र सन्तानको कथा उठान गरिएको संकेत गरे।

    तथापि ‘लापत्ता सन्तान' को टिजर केही दिनपछी सार्वजनिक गरेर थप रहस्य खोल्ने निर्माण टिमको तयारी छ। पोस्टरमा प्रमुख कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, र मनिष पी निरौला देख्न सकिन्छ। निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको फिल्मको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् ।

    निर्देशक ज्ञवालीले केही वर्षदेखि डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म, र म्युजिक भिडियो निर्माण गर्दै आएका छन्। उनको पटकथा र निर्देशनमा बनेको 'रित्तो गाउँ' नामक डकुमेन्ट्री सर्ट फिल्मलाई त्रिभुवन विश्वविद्यालयको अध्ययननमा केन्द्रित रहेर तयार पारिएको थियो ।

    'रित्तो गाउँ' विशेष शो र फेस्टिवलहरूको लागि लक्षित गरिएको हुँदा अहिलेसम्म युट्युबमा सार्वजनिक गरिएको छैन। ज्ञवालीले यसअघि 'डार्क मुन', 'एक लभर', 'आराध्या', र 'हनिमुन' जस्ता सर्ट फिल्महरू पनि निर्माण गरिसकेका छन् भने निर्देशन यात्रा थाल्नुअघि उनी लामो समय पत्रकारितामा सक्रिय थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij