२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुल्मीमा मोटरसाइकल दुर्घटना, सब-इञ्जिनियरको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना, सब-इञ्जिनियरको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना, सब-इञ्जिनियरको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना, सब-इञ्जिनियरको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना, सब-इञ्जिनियरको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  • गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक सब- इन्जिनियरको मृत्यु भएको छ। गएराति जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए । 

    प्रहरी नायब उपरीक्षक सारुका अनुसार चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो । उनी मोटसाइकलमा एक्लै सवार गरेका थिए । अनियन्त्रित भएर मोटसाइकल नालीमा खसेपछि चालक चौधरीलाई साधनले च्यापेको थियो ।

    सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको मोटरसाइकल राति करिब १०:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक चौधरी हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब-इञ्जिनियरको रूपमा कार्यरत थिए । 

    मृतकका परिवारलाई जानकारी गराइएको र शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij