२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनीका सांसद विष्णु पन्थीको प्रश्न- पक्राउ पुर्जीको जानकारी मलाई किन दिएन ?

लुम्बिनीका सांसद विष्णु पन्थीको प्रश्न- पक्राउ पुर्जीको जानकारी मलाई किन दिएन ?

लुम्बिनीका सांसद विष्णु पन्थीको प्रश्न- पक्राउ पुर्जीको जानकारी मलाई किन दिएन ?

लुम्बिनीका सांसद विष्णु पन्थीको प्रश्न- पक्राउ पुर्जीको जानकारी मलाई किन दिएन ?

लुम्बिनीका सांसद विष्णु पन्थीको प्रश्न- पक्राउ पुर्जीको जानकारी मलाई किन दिएन ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  • बुटवल । लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री विष्णु पन्थीले केही व्यक्तिहरू आफूलाई बदनाम गर्ने उद्देश्यले गलत प्रचार गरेको भन्दै कानुनी उपचारमा जाने बताएका छन् ।

    नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्षसमेत रहेका पन्थीले मोरङ जिल्ला अदालतमा गौतमबुद्ध हाइड्रोपावर लिमिटेडको विषयमा परेको मुद्दामा पक्राउ आदेश दिएको समाचार सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

    आइतबार प्रदेश सभामा उनले आफूसहित केही साथीहरूको समूहमा लगानी गरेको उक्त संस्थाबाट बिक्री गरेर बाहिरिएको १ वर्षपछि आफ्नोसमेत नाम जोडेर अदालतमा मुद्दा पर्न, आफूलाई कुनै जानकारी नै नदिई, म्याद तामेली पनि नगरी, ठेगाना, उमेर सबै फरक रहेको मुद्दा फैसला भएर पक्राउ पूर्जी आएको र त्यो पनि समाचार प्रकाशन भएपछि मात्रै जानकारी पाउनु ठूलो अन्याय भएको बताएका थिए ।

    उनले यो प्रकरणको सबै फेहरिस्त प्रदेश सभामा प्रस्तुत गर्दै सबै नेताहरू खराब हुन् भन्ने चरित्र देखाएर आफूजस्तै अरूलाई पनि फसाउन सक्ने भन्ने सजग गराए । पन्थीले सोमबार सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै यस्तो लेखेका छन्-

    प्रेस विज्ञप्ति
    मिति: २०८२ जेठ ४, बुटवल
    आदरणीय पत्रकार मित्रहरू,

    म, विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य , तपाईँहरू समक्ष निम्न विषयमा वास्तविकता सहित मेरो धारणा सार्वजनिक गर्न चाहन्छु।

    म २०७५ साल असार १० गतेदेखि गौतमबुद्ध हाइड्रोपावर लिमिटेडको शेयर सदस्य र सञ्चालक नरहेको स्पष्ट गर्दछु।

    विराटनगरका श्याम राठीले पल्लवी इलेक्ट्रा प्रालि को तर्फबाट २०७५ साल चैत्र ११ गते सो हाइड्रोपावर कम्पनीलाई प्रतिवादी बनाई १३ लाख ५४ हजार रुपैयाँ असुलीको मागसहित मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको र २०७७ साल मंसिर १३ गते अदालतबाट गौतमबुद्ध हाइड्रो पावर असुल उपर गराउनु भनी एकतर्फी फैसला भएको जानकारी २०८२ साल वैशाख २८ गते सार्वजनिक मिडियाहरूबाट थाहा पाए ।

    उक्त मुद्दाको फिराद पत्रबारे मलाई कुनै जानकारी नदिई प्रतिउत्तर दिने अवसरसमेत नदिई २०७७ मंसिर २३ गते मोरङ जिल्ला अदालतले माग दाबी रकम र सो को कोर्ट फि प्रतिवादी गौतमबुद्ध हाइड्रोपावर प्रालि काठमाडौंबाट वादीले भराई पाउने ठहर गरी एकतर्फी फैसला गरिएको भएको रहेछ ।

    झनै दुःखद र चिन्ताजनक कुरा यो हो कि—म कुनै पनि रूपमा सो कम्पनीमा शेयर सदस्य र सञ्चालक नभएको व्यक्तिलाई कसरी मुद्दा लाग्यो रु सम्मानित अदालत समेतबाट कम्पनी रजिस्टारको कार्यालय बाट सेयर लगत विवरण न लिएको कमजोरी देखियो । मेरो पद र पहिचानलाई हतियार बनाइ, गलत नियतसाथ मेरो नाम, ठेगाना, र उमेरसमेत नमिल्ने व्यक्तिको नाममा पक्राउ आदेश लिई, २०८२ वैशाख २८ गतेदेखि विभिन्न सार्वजनिक मिडियामार्फत म माथि भ्रामक र बदनाम गर्ने सूचना प्रसारण गरिएको छ।
    यसले मेरो व्यक्तिगत प्रतिष्ठा, सार्वजनिक जीवन, र राजनीतिक मर्यादामा गम्भीर आघात पुर्‍याएको छ।

    श्याम राठी द्वारा रचिएको यस योजनाबद्ध, घृणित र आपराधिक कार्यको म घोर निन्दा तथा भर्त्सना गर्दछु । साथै, सो झुटो मुद्दा, मान हानी, र मबाट कथित रूपमा असुल गरिएको रकम फिर्ताको लागि म कानुनी लडाइँमा दृढताका साथ अघि बढ्नेछु।

    म सदैव पारदर्शिता, इमानदारी र उत्तरदायित्वमा आधारित राजनीतिमा विश्वास राख्दछु। मलाई माया र विश्वास गर्ने सम्पूर्ण शुभचिन्तकहरू, समर्थकहरू र नागरिक महानुभावहरूलाई म उक्त कम्पनी वा मुद्दासँग कुनै सरोकारमा छैन भन्ने कुरामा सत्य तथ्य बुझिदिनुहुन, साथै भ्रामक प्रचारप्रति सजग रहनुहुन हार्दिक अनुरोध गर्दछु।

    धन्यवाद।
    विष्णु प्रसाद पन्थी
    प्रदेश सांसद, लुम्बिनी प्रदेश

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij