२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

समृद्धिको दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी बिभिन्न ब्यक्ति सम्मान

समृद्धिको दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी बिभिन्न ब्यक्ति सम्मान

समृद्धिको दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी बिभिन्न ब्यक्ति सम्मान

समृद्धिको दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी बिभिन्न ब्यक्ति सम्मान

समृद्धिको दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी बिभिन्न ब्यक्ति सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  • बुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दिक्षान्त समारोह अन्तरगत बिभिन्न पुरस्कार प्रदान गर्नेदेखी बम्पर पुरस्कार बिजेता घोषणा समेत गरिएको छ । 

    सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गर्नुका साथै ४ जना लाई पुरस्कार बितरण गरिएको छ भने समृद्धि स्कुटर उपहार योजनाको बिजेता लक्की ड्र माफृत घोषणा गरिएको हो । यस्तै समृद्धिलाई आईएसओ चिन्ह प्रदान गर्नुका साथै आफ्नै ब्युटि प्रोडक्ट लञ्च समेत गरिएको थियो ।

    ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै हेयर ड्रेसिङलाई केवल सिप नभई आत्मनिर्भरता र सम्मानजनक रोजगारीको आधार भएको बताए । ‘शिक्षितसँगै सक्षम बन्ने अवसर यो कार्यक्रमले दिएको छ ।’–उनले भने ।

    कपाल काट्ने मात्र नभई व्यक्तित्व निर्माण गर्ने कलाका रुपमा यो पेशाको पहिचान बनेको भन्दै उनले नयाँ पुस्तामा हेयर स्टाइलको क्रेज बढ्दो रहेको बताए । ‘बजारमा यो पेशाको ठूलो सम्भावना बोकेको छ ।’–उनले भने । सिप नै लगानी बन्ने उदाहरण प्रस्तुत गर्दै उनले विश्वको जुनसुकै कुनामा गए पनि बेरोजगार बन्नु नपर्ने पेशा यो भएको दाबी गरे । सेवा प्रवाहसँगै व्यवहार र विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए ।


    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नीजि क्षेत्रबाट सेवाको माध्यमबाट राम्रो आम्दानी गर्न सकिने क्षेत्र भएको बताउँदै स्वदेशमा नै स्वरोजगार बन्न तथा बैदेशिक रोजगारीमा जाँदा पनि थप आम्दानीको स्रोत बनाउन सकिने बताए । 


    ड्डाडिज किचनका सञ्चालक युवा उद्यमी कमल जंग कुँवरले स्वदेशमा नै कायापलट गर्नेगरी काम गर्न आग्रह गरे । उनले सिकेको सीपलाई स्वदेशमा नै स्वरोजगारमूलक बनाउन आग्रह गरे । 


    एकेडेमीका संचालक मोहन ठाकुरले विगतमा ब्यवसाय शुरुवातको चरणलाई स्मरण गर्दै समाजमा स्थापित हुदासम्म आएको परिवर्तनका बारेमा बताए ।हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्येक्ष रोजगार प्रदान गर्दै आएको छ । त्यस बाहेक समृद्धि सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दाबी गरे ।


    समृद्धिले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको बताउदै यसले जनशक्तिलाई आम्दानीमा जोड्न मद्दत पुगेको बताए । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।

    कार्यक्रममा नेपाल नाइ संघका अध्यक्ष जय श्याम ठाकुर, सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष आशु गुरुङ, प्रशिक्षक मेनन लामालगायतले स्वरोजगार पेशाले आम्दानीमा राम्रो प्रभाव पर्ने उल्लेख गरेका थिए । 

    समृद्धीको बम्पर उपहार ड्राईभरटोलकी जिसिलाई
    समृद्धिले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाट उपहार स्वरुप ३ लाख बराबरको सुजुकी एभिनर्स स्कुटर ड्राईभरकी मिना जिसिले प्राप्त गरेकी छन। बुटवलको अमरपथमा मुख्य कार्यालयसहित पोखरा र मणिग्राममा शाखा तथा बर्दघाट र चार नम्बर कपिलवस्तुमा रहेका फ्रेन्चाइज सेवामार्फत ५ हजार जना मध्यबाट गोलाप्रथाबाट जिसिको नाम निस्केको हो। 


    आईएसओ चिन्ह प्रदान
    समृद्धिलाई आईएसओ ९००१ः२०१५  चिन्ह प्रदान गरिएको छ । दीक्षान्त समारोहमा आईएसओ प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम प्रदान गरेको पुष्टि गर्दै प्रमाणपत्र हस्तान्तरण गरे । उनले न्यूनतम ५० प्रतिशत पुरा गरेको संस्थालाई दिन सकिने भन्दै समृद्धिले मापदण्ड पुरा गरेसंगै प्रमाणपत्र बितरण गरिएको जानकारी दिए । उनले समृद्धिलाई बधाइ दिँदै शतप्रतिशत पुरा गरेर सर्वोत्कृष्ठ बन्न आग्रह गरे । 

    पत्रकार पन्थी सहित तीन जना सम्मानित
    समृद्धिको दिक्षान्त समारोहमा पत्रकार पूजा पन्थी सहित चार जना सम्मानित भएका छन् । लुम्बिनी प्रेसका प्रवन्ध सम्पादक तथा दैनिक पत्र दैनिकका डेक्स संवाददाता पन्थी सौन्दर्यकला पत्रकारिता पुरस्कारबाट सम्मानीत भएकी हुन् । पन्थीलाई नगद १५ हजार रुपैयाँ सहित दोसल्ला र प्रमाणपत्रले सैलुन तथा एकेडेमीका सञ्चालक मोहन ठाकुर, प्रमुख अतिथि ख्यातिप्राप्त हाँस्य कलाकार सन्दीप क्षेत्री, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सम्मान गरेका हुन् । 
    यस्तै अग्रज सम्मान अन्तरगत पुरानो ब्युटिसियन तथा पुुरानो नाइ सम्मान गरिएको थियो । पुरानो ब्युटिसियनबाट देबी श्रेष्ठ र पुरानो नाउबाट छविलाल नाउ ठाकुरलाई नगद १५ ÷ १५ हजार रकम सहित सम्मान गरिएको हो । 

    उत्कृष्ठ कर्मचारीलाई १ लाख
    समृद्धिले यो वर्षदेखी नयाँ कार्यको थालनी स्वरुप उत्कृष्ठ कर्मचारी सम्मान कार्य अगाडी बढाएको छ । जसमाय उत्कृष्ठ कर्मचारीलाई १ लाख राशीको पुरस्कार प्रदान गरिने सञ्चालक ठाकुरले घोषणा गरे । सोही पुरस्कार समृद्धि बुटवल शाखामा कार्यरत देवा ठाकुरलाई प्रदान गरिएको छ । नगद १ लाख रुपैयाँ सहितको सम्मानले कर्मचारीहरुले उत्कृष्ठ सेवा प्रदान गर्ने अपेक्षा स्वरुप मनोबल बढाउनको लागि सम्मान गरिएको सञ्चालक ठाकुरले बताए । 

    आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
    समृद्धिले आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनलका हेयर केयर प्रोडक्टहरु लञ्च गरेको छ । दीक्षान्त समारोहमा कपालको स्वास्थ्य, उपचार र शुरक्षा गर्नेगरि निर्माण गरिएको यस प्रोडक्टका बिभिन्न ४ प्रकारका उत्पादनहरु रहेका छन् । स्याम्पु, कन्डिस्नर, हेयर ट्रिटमेन्ट माक्स, अर्गन हेयर ओएल रहेका छन् । भिटामिन इ र कोलगेन युक्त रहेको सञ्चालक ठाकुरले दाबी गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij