२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ओली-देउवाको दूरी बढ्दै, सरकारको भविष्यसँग जोडियो गभर्नर प्रकरण !

ओली-देउवाको दूरी बढ्दै, सरकारको भविष्यसँग जोडियो गभर्नर प्रकरण !

ओली-देउवाको दूरी बढ्दै, सरकारको भविष्यसँग जोडियो गभर्नर प्रकरण !

ओली-देउवाको दूरी बढ्दै, सरकारको भविष्यसँग जोडियो गभर्नर प्रकरण !

ओली-देउवाको दूरी बढ्दै, सरकारको भविष्यसँग जोडियो गभर्नर प्रकरण !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • काठमाडौँ । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हुने भनिएको भेटवार्ता नभएपछि सरकार ढल्ने अड्कलबाजी शुरु भएको छ ।

    सोमबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक समेत स्थगित गरिएको थियो । गभर्नर नियुक्तिको विषय पेचिलो बनेपछि कांग्रेस-एमाले दुवैले अब यस विषयलाई प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि कांग्रेसले गभर्नर पाउने सहमति प्रधानमन्त्री ओलीले तोडेपछि समस्या आएको कांग्रेस वृतमा चर्चा छ ।


    गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली र देउवाबीच नै छलफल नभएपछि अब सरकारको भविष्यको बारेमा प्रश्न उठेको छ ।


    प्रधानमन्त्री ओलीले यस अघि कांग्रेसले प्रस्ताव गरेका डा. गुणकर भट्टलाई अस्विकार गरेपछि अहिले कांग्रेसले डा. विश्व पौडेललाई प्रस्ताव गरेको छ । तर पौडेलप्रति पनि प्रधानमन्त्री ओली सकारात्मक नभएपछि समस्या आएको छ । 


    देउवाले सार्बजनिक रुपमै पटक पटक गभर्नर कांग्रेसले नै पाउने बताउदै आएका थिए । तर प्रधानमन्त्री ओलीले गभर्नर नछोड्ने मनसायले एक पछि अर्को गर्दै अवरोध र बहाना गरेपछि देउवाले अब ओलीप्रतिको भरोसामा शंका गरेको बताइएको छ ।  अदालतमा एकपछि अर्को मुद्धा दायर हुनुमा पनि ओली र उनको सचिवालयकै भूमिका रहेको बुढानिलकण्ठको बुझाइ रहेको छ । गभर्नरका लागि देउवाले अघि सारेका हरेक उम्मेदवारलाई प्रधानमन्त्री ओली र उनको टिमले अस्वीकार गर्दै आएको छ, अदालती झमेलामा पारेको छ । 


    कांग्रेस भित्र ओलीविरुद्धका आवाज चर्किरहेका बेला गभर्नर प्रकरणमा देउवाले धोका पाएपछि उनले अब विकल्प सोच्न बाध्य हुने अवस्था सिर्जना हुन थालेको विश्लेषण शुरु भएको छ ।


    यसैबीचमा केहि दिनअघि देउवासँग माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले गरेको भेटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । विगतमा कांग्रेस-माओवादीको गठबन्धनका योजनाकार समेत रहेका जनार्दनले देउवालाई उनको निवासमा गएरनै भेट गर्नुले सरकारको विकल्पको तयारी शुरु भइसकेको रुपमा समेत हेर्न थालिएको छ । 


    अहिले कांग्रेस सरकारमा भएपनि सरकारमा भए जस्तो नदेखिएको भन्दै कांग्रेसका महामन्त्रीद्वयसहित धेरै नेताहरुले सरकारको पैरवी गर्न छोडिसकेका छन् । त्यसैले पनि अब ओली नेतृत्वको सरकारको भविष्यमा प्रश्न उठ्न शुरु भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij