२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अबका तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

अबका तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

अबका तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

अबका तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

अबका तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • काठमाडाैं | हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भएको हो । काठमाडौंमा बिहान भने पानी पर्न रोकिएको छ । 

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशलगायत कोशी प्रदेशको तराईं भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थान र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार अबको तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको छ । कतिपय स्थानमा आउँदो सातासम्मै वर्षा हुने मौसमविद्को पूर्वानुमान छ ।

    यो हप्ता लगभग हरेक दिन वर्षा हुने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताए । 

    महाशाखाले सोमबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा पनि अबका तीन दिन सातै प्रदेशका कतिपय स्थानमा वर्षाको सम्भावना उल्लेख छ ।

    हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij