२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लोडसेडिङ सामाजिक सञ्जालको हल्ला हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

लोडसेडिङ सामाजिक सञ्जालको हल्ला हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

लोडसेडिङ सामाजिक सञ्जालको हल्ला हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

लोडसेडिङ सामाजिक सञ्जालको हल्ला हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

लोडसेडिङ सामाजिक सञ्जालको हल्ला हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै भएको बताएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि आएको बताए ।

    उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने स्पष्ट पारे । बेलाबेला बिजुली विच्छेद हुने समस्या पहिले पनि रहेको पनि बताए । गत वर्षमा पनि वर्षमा ७०० घण्टासम्म यसरी विभिन्नपटक बिजुली गएको उनको दाबी छ ।

    "विगतको वर्षको डेटा हेर्ने हो भने पनि वर्षमा ७०० घण्टासम्म यसरी विभिन्नपटक विद्युत् गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूलाठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ । कहीँ मर्मत गरेको बेलामा विच्छेद हुनेबाहेक लोडसेडिङको अवस्था यो वर्ष छैन । अब आगामी त झनै हुने खालको अवस्थै देखिँदैन । किनभने हामी उत्पादन बढाइरहेका छौँ," उनले भने ।

    उनले अगाडि भने, "बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा एकहजार ५ मेगावाटसम्म विद्युत् आयात गर्‍यौँ । आवश्यकतानुसार ६००, ७०० घट्दै आएर यहाँको विद्युत् बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ । र, थियो । अस्तिको दिनसम्म पनि हामी साढे ३०० मेगावाट विद्युत् आयात गरिरहेका थियौँ । तर, आजको रेकर्डअनुसार १५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत् पुगेर, उब्रिएर, निर्यात गरेका छौँ ।"

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij