२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिमेन्टमै १ अर्ब ३४ करोडको भ्रष्टाचार, लागत रातारात बढाइयो : प्रेम आले

सिमेन्टमै १ अर्ब ३४ करोडको भ्रष्टाचार, लागत रातारात बढाइयो : प्रेम आले

सिमेन्टमै १ अर्ब ३४ करोडको भ्रष्टाचार, लागत रातारात बढाइयो : प्रेम आले

सिमेन्टमै १ अर्ब ३४ करोडको भ्रष्टाचार, लागत रातारात बढाइयो : प्रेम आले

सिमेन्टमै १ अर्ब ३४ करोडको भ्रष्टाचार, लागत रातारात बढाइयो : प्रेम आले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको संसदीय छलफलमा सांसद तथा पूर्व वनमन्त्री प्रेम आलेले निर्माणको लागतमा गम्भीर अनियमितता भएको दाबी गर्दै ठेकेदार र सम्बन्धित पक्षहरूलाई कडा आरोप लगाएका छन् ।

    उनले आफू वन तथा वातावरण मन्त्री हुँदा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पटक–पटक आएर ‘ईआईए फाइनल गर्नुहोस्’ भन्दै दबाब दिएको प्रसंग स्मरण गरे। “त्यसबेला विमानस्थल निर्माण अन्तिम चरणमा थियो,” उनले भने “म वन मन्त्री थिएँ, अब ईआईए फाइनल नगरी प्लेन उडाउने त ?”

    सांसद आलेले सिमेन्ट खरिदमै ठूलो भ्रष्टाचार भएको आरोप लगाए । “सिमेन्ट भारत र चीनबाट मात्रै ल्याइएको थियो,” उनले भने, “तर त्यसमा १ केजी सिमेन्टको मूल्य ५० रुपैयाँ देखाइएको छ, जबकि १० वर्षपछि पनि बजारमा १५ रुपैयाँ मात्र छ ।”

    उनका अनुसार करिब १ अर्ब ३४ करोड रुपैयाँबराबरको सिमेन्टमा मात्रै भ्रष्टाचार भएको छ । “हामीले डोमेस्टिक विमानस्थलका लागि २२ अर्ब खर्च गरेका छौँ भनेर तथ्यांक दिइएको छ,” उनले भने, “तर चिनियाँ ठेकेदारले डोमेस्टिक भागसमेत गणना गरेर लागत बढाएको छ ।”

    सांसद आलेले १४५ मिलियन डलरमा बन्ने भनिएको विमानस्थललाई रातारात २१६ मिलियन डलर बनाइएको भन्दै तीव्र आपत्ति जनाए । “गाउँपालिकाबाट बजेट हाल्दा हुने कडाइ यहाँ किन भएन ?” उनले प्रश्न गरे ।

    उनले स्पष्ट रूपमा भने, “म चुनौतीका साथ भन्न चाहन्छु, यसमा स्पष्ट भ्रष्टाचार छ, र यसलाई राजनीतिक संरक्षण दिइँदै छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij