२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • बुटवल ।  बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ। कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरि दुई पालिका अघि बढ्ने भएका हुन्।

    उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा रहेको बेला घरपझोङ गाउँपालिकासँग धार्मिक पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय तथा सहयोग आदानप्रदानलाई निरन्तरता दिन भगिनी सम्बन्ध कायम गर्ने समझ्दारी समेत भएको हो। भगिनी सम्बन्धलाई औपचारिकता प्रदान गर्न निकट भविश्यमै आपसी सल्लाहमा कार्यक्रम तय गर्ने निर्णयमा उल्लेख छ।

    त्यस्तै बुटवल मुक्तीनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानिय सरकारको भेला आयोजना गरि धार्मिक पर्यटन प्रवद्र्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानिय सरकारले पहल गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए।

    ‘बुटवलबाट कालिगण्डकी करिडोर हुँदै मुक्तीनाथसम्मको धार्मिक पर्यटकीय विकास गर्ने कुरामा दुबै पालिकाकाबीचमा समझ्दारी भएको छ।’ उनले भने ‘अरु पालिकालाई पनि समेटेर बुटवलदेखी मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थानलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय भएको छ।’

    घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तीनाथ पर्यटकीय प्रवद्र्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने उल्लेख गरे।

    ‘कालिगण्डकी आसपासका तिर्थस्थलहरुको कसरी प्रवद्र्धन गर्ने गरेर भारतदेखी मुक्तीनाथ सम्मलाई पर्यटकले जोड्दा देशको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्छ जस्तो लाग्छ।’ उनले भने ‘ठूलो संख्यामा पर्यटक आए भने यहाँ चलयाममान हुन्छ। त्यसको लागि हामी भगिनी सम्बन्ध पनि कायम गर्दैछौं। यसलाई ऐतिहासिक रुपमा सफल बनाउँछौं।’

    त्यस्तै मुस्ताङमा उत्पादित स्थानिय उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने छ। बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवद्र्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमती समेत भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij