२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

यसरी गर्नुस मुटुको हिफाजत

यसरी गर्नुस मुटुको हिफाजत

यसरी गर्नुस मुटुको हिफाजत

यसरी गर्नुस मुटुको हिफाजत

यसरी गर्नुस मुटुको हिफाजत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २७ २०८१
बुधवार, आषाढ २७ २०८१
  • स्वस्थ रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै पर्याप्त छैन पक्कै पनि । हाम्रो शरीरका भित्री अंगहरुको हिफाजत पनि उत्तिकै आवश्यक छ ।

    शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम यसले गर्छ त्यसैले यसलाई स्वस्थ राख्न आवश्यक छ । तर, अहिलेको तनावयुक्त व्यस्त जीवनशैलीका कारण मुटुरोगीहरु बढिरहेका छन् । पहिले-पहिले उमेरदार मानिसहरुलाई मात्रै हुने मुटुसम्बन्धी समस्याले अहिले युवाहरुलाई पनि आफ्नो चपेटामा पार्न थालेको छ ।

    मुटु स्वस्थ राख्न हामीले पहिले त तनाव हटाउनुपर्छ । त्यसपछि सक्रिय जीवनशैली अपनाएर र स्वस्थकर भोजन गरेर हामी मुटुलाई हिफाजत गर्न सक्छौं । यहाँ हामी मुटुलाई स्वस्थ राख्ने विभिन्न उपायहरुको चर्चा गर्दैछौं ।

    भोजनमा फ्याट

    फ्याट अर्थात बोसो हाम्रो भोजनको महत्वपूर्ण तत्व हो । यसले हाम्रो खानालाई स्वादिष्ट बनाउनुको साथसाथै तृप्त पनि बनाउँछ ।

    स्वस्थ रहनको लागि असल फ्याट र खराब फ्याटको अन्तरलाई सही किसिमले बुझ्नुपर्छ । ‘द अमेरिकन हार्ट एसोसिएसन’ ले स्वस्थ रहनको लागि खानपानमा खराब -स्याचुरेटेड) फ्याटलाई असल -अनस्याचुरेटेड) फ्याटले विस्थापन गर्ने सल्लाह दिएको छ । राम्रो स्वास्थ्यको लागि हामीले भोजनमा मोनो स्याचुरेटेड वा पोली स्याचुरेटेड फ्याट समावेश गर्नुपर्छ । पोली स्याचुरेटेड फ्याटले रगतमा खराब कोलस्ट्रोलको स्तरलाई कम गर्छ जसको कारण मुटुसम्बन्धी रोगहरु र स्ट्रोकको खतरा कम हुन्छ ।

    यसबाहेक फ्याटले शरीरमा कोषहरु बन्न र विकसित हुन पोषक तत्व पनि प्रदान गर्छ । खानामा यस्तो तेलको प्रयोग गर्नुहोस् जसमा स्याचुरेटेड फ्याटको मात्रा कम होस् । यसको लागि तपाईं मकै, जैतुन, बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सक्नुहुन्छ ।

    लाभकारी माछा

    माछा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । अन्य मासुजन्य पदार्थको तुलनामा यसमा स्याचुरेटेड फ्याटको मात्रा निकै कम हुन्छ ।

    माछा ओमेगा फ्याटी एसिडको पनि राम्रो स्रोत हो । ईपीए र डीएचएजस्ता ओमेगा ३ फ्याटी एसिडहरु हाम्रो शरीरको लागि धेरै आवश्यक छन्, किनभने हाम्रो शरीरमा यसको निर्माण हुँदैन । यसलाई खानाको माध्यमबाट नै ग्रहण गर्न आवश्यक छ । यसका शाकाहारी स्रोतहरु ओखर, बदाम र सोयाबिन हुन् ।

    ओमेगा ३ फ्याटी एसिडले शरीर सुन्निन -इन्फ्लेमेसन) कम गर्छ । इन्फ्लेमेसनको कारण रक्तनली क्षतिग्रस्त हुन्छ जसको कारण हृदयरोग वा स्ट्रोकको खतरा बढ्छ । साथै, यसले मुटुको धड्कनको उतारचढावलाई पनि नियन्त्रण गर्छ र मुटुलाई सुरक्षित राख्छ ।

    हालै १५ सय वयस्क मानिसहरुमा गरिएको एक अध्ययनबाट ओमेगा ३ फ्याटी एसिड मष्तिस्कका लागि आवश्यक भएको पुष्टी भएको छ । अध्ययनअनुसार बच्चामा मष्तिस्कको सही विकासको लागि ईपीए र डीएचए आवश्यक छ । ओमेगा ३ फ्याटी एसिडले एकाग्रता बढाउन र कठिन कार्यहरु गर्ने क्षमता बढाउनमा पनि मद्दत गर्छ ।

    हृदयरोगबाट पिडित मानिसहरु खानाको माध्यमले पर्याप्त ओमेगा ३ प्राप्त गर्न सक्दैनन् । यस्ता मानिसहरु डाक्टरको सल्लाह लिएर ‘सप्लिमेन्ट’ ग्रहण गर्न सक्छन् । यसैले कुनै पनि खाद्य पदार्थ ग्रहण गर्दा त्यसमा पोषणको स्तर जाँच्नुहोस् र त्यसमा स्याचुरेटेड फ्याटी एसिडहरुको मात्रा कति छ भन्ने पनि ख्याल गर्नुहोस् ।

    मुटु रोगबाट कसरी जोगिने ?

    मुटुरोगबाट जोगिनका लागि कम उमेरदेखि नै ध्यान पुर्‍याउनुपर्छ । युवावस्थामा मुटुसम्बन्धी रोग लाग्ने प्रमुख कारण धुम्रपान वा सुर्ति सेवन हो । यसलाई बन्द गर्न आवश्यक छ ।

    यसबाहेक शारीरिक रुपले आफूलाई सक्रिय राख्नुपर्छ । तौल बढ्न नदिनु पनि उत्तिकै महत्वपूर्ण छ ।

    सफ्ट डि्रङ्क्स, प्याकेटका जुस आदिको सेवन पनि गर्न कम गर्नुहोस् । सातामा एक पटकभन्दा बढि फास्टफुड वा प्रशोधित खानेकुराहरुको सेवन नगर्नुहोस् । खानामा फलफूल र हरियो सागसब्जीको मात्रा बढाउनुहोस् ।

    दैनिक एकमुठ्ठी बदामको सेवन गर्नाले मुटुको स्वास्थ राम्रो हुन्छ । बदामले मुटुलाई स्वस्थ बनाउन आवश्यक मिनरल्स र फ्याटी एसिड प्रदान गर्छ ।

    मुटुलाई सँधै जवान राख्नको लागि मानसिक तनाव कम गर्न पनि आवश्यक छ । यसको लागि योगा, एक्सरसाइज र मष्तिस्कलाई शान्त बनाउने अरु उपाय अपनाउनुहोस् ।

    कम उमेरमा हृदयघात

    एक अध्ययनअनुसार पश्चिमी देशहरुको तुलनामा दक्षिण एसियामा बस्ने मानिसहरुलाई १० वर्ष पहिले नै मुटुरोग लाग्ने गर्छ । कम उमेरमा हृदयघात हुनुमा वंशाणुगत कारणहरु पनि जिम्मेवार छन् ।

    निष्कृय जीवनशैली, तनावपूर्ण काम, धुम्रपान, मदिरापान, चिनीयुक्त खानेकुरा र फास्टफुडको अत्याधिक सेवन यसका अन्य कारण हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij