२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुमा एकै घरका दिदी र भाइको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • बुटवल । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ।

    स्थानीय पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। सो आगलागीमा परी यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

    घटनाको प्रारम्भिक अनुसन्धान अनुसार घरको भान्सामा ग्यास रेगुलेटर जडान गर्दा ग्यास लिक भएको थियो। सोही बेला गोठमा बलिरहेको आगोमा लिक भएको  ग्यास मिसिदा  ठूलो आगलागी भएको थियो ।

    दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    प्रहरीका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो। प्रारम्भिक उपचारपछि दुवैलाई भैरहवास्थित मेडिकल कलेज लगिएको थियो।

    त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। सोनमको मृत्यु भैरहवामा नै भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij