२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बलम्बु ‘फ्लाईओभर’को काम अन्तिम चरणमा

बलम्बु ‘फ्लाईओभर’को काम अन्तिम चरणमा

बलम्बु ‘फ्लाईओभर’को काम अन्तिम चरणमा

बलम्बु ‘फ्लाईओभर’को काम अन्तिम चरणमा

बलम्बु ‘फ्लाईओभर’को काम अन्तिम चरणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • काठमाडौ । काठमाडौंको बलम्बुमा निर्माण भइरहेको ‘फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेको छ ।

    बलम्बु–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा निर्माणधीन फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको हो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ ।

    निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउन बलम्बुमा फ्लाईओभर निर्माण गरिएको हो । दुई लेनको सो फ्लाईओभरको कुल लम्बाइ १२८ मिटर छ । 

    यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन फ्लाईओभरको निरीक्षण गरेका थिए । त्यसक्रममा उनले फ्लाईओभर निर्माण पूरा भएपछि काठमाडौ भित्रिने र बाहिरिने सवारीसाधनको जाम हुने अवस्थाको अन्त्य हुने बताएका थिए । 

    त्यस्तै बलम्बु–सिस्नेखोला सुरुङको समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भइरहेको छ । सोही मोडालिटीअनुसार सुरुङबाट सवारीसाधन सञ्चालन गराउने मन्त्रालयको तयारी छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij