२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अब लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त संकलन केन्द्र स्थापना हुने

अब लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त संकलन केन्द्र स्थापना हुने

अब लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त संकलन केन्द्र स्थापना हुने

अब लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त संकलन केन्द्र स्थापना हुने

अब लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त संकलन केन्द्र स्थापना हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको हो । 

    रक्त संकलन केन्द्र स्थापनाका लागि अस्पतालको तर्फबाट बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, वरिष्ठ प्रशासकीय प्रमुख राजन केसी तथा वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेले हस्ताक्षर गरेका छन् भने व्यापार संघको तर्फबाट अध्यक्ष दिपक घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव प्रशुराम पन्त, कार्यकारी प्रमुख सरोज पोखरेलले हस्ताक्षर गरेका छन् ।   

    अस्पतालमा रक्त संकलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठले बताए ।

    अस्पतालमा सेवा स्थापना भन्दा पनि यसको दिगो सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको निरन्तरताका लागि दोस्रो पक्ष(व्यार संघ)ले पनि दिर्घकालिन योजना र सोच तयार पार्न आग्र गरे । यसैगरी रुपन्देही व्यापार संघका अध्यक्ष अधिकारीले जनसेवाका लागि संघले अस्पतालसँग सधै सहकार्य गर्न तयार रहेको बताउँदै रक्त संकलन केन्द्रको स्थायित्वका लागि पनि आफूहरुले सधै ध्यान दिने उल्लेख गरे ।  

    अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट  डा. ढकालले रक्त संकलन केन्द्र स्थापनाले सेवाग्राहीलाई उपचारमा सहज हुने बताए । विगतमा अस्पतालसँग सहकार्य गरिरहेको रक्त सञ्चार केन्द्र बुटवलको भूमिकालाई पनि भुल्न नहुने उल्लेख गर्दै उनले नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहयोग अपरीहार्य रहेको बताए ।  

    अस्पतालमा स्थापना गरिने रक्त संकलन केन्द्रका लागि रपन्देही व्यापार संघले उपकरण उपलब्ध गराएक छ भने यसको सञ्चालन अस्पतालले गर्ने वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीले बताए । अस्पतालमा हाल मासिक ३ सय युनिट बढी रगतको माग हुँदै आएको विगतका तथ्याङ्कमा रहेको उनले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij