बुटवल । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले विरोध जनाएका छन्।
मंगलबार बिहान साढे ११ बजे सुरू भएको प्रतिनिधि सभाको बैठक अवरोध गरेका हुन्। भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको सचिवालयमा संलग्न भएको भन्ने समाचार बाहिरिएको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएका हुन्।
प्रतिपक्षको तर्फबाट सुरूमै नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आफ्नो धारणा राखेका छन्। उनले संसद चल्न नदिने बताएका हुन्।
पुनले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। उनले अनुसन्धानका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्
प्रतिपक्षी दलहरूले संसद बैठक सुरू हुनुअघि बैठक बसेका थिए।




