२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

इतिहासमै छिटो नेपाल भित्रियो मनसुन

इतिहासमै छिटो नेपाल भित्रियो मनसुन

इतिहासमै छिटो नेपाल भित्रियो मनसुन

इतिहासमै छिटो नेपाल भित्रियो मनसुन

इतिहासमै छिटो नेपाल भित्रियो मनसुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • बुटवल । यो वर्षको मनसुन बिहीबार (जेठ १५) राति नेपाल प्रवेश गरेको छ । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा  विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    “जसको फलस्वरूप कोसी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ,” महाशाखाले शुक्रबार (जेठ १६) दिउँसो जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    मनसुन के हो ? कहाँ, कसरी बनेर आउँछ नेपालमा ?
    यसपालि औसत मिति (जुन १३)भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ । गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो (जुन १०) मनसुन नेपाल भित्रिएको थियो ।

    मनसुन आगमनको इतिहासमा नेपालमा यसपालि ‘रेकर्ड ब्रेक’को सम्भावना छ ?
    जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयता यसपालि सबैभन्दा छिटो मनसुन नेपाल प्रवेश गरेको हो । यसअघिको छिटो मिति सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल भित्रिएको थियो । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।

    सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । विभागको तथ्यांकानुसार, त्यो वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको थियो । सन् २०२३ मा जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो ।

    देशभर मनसुन फैलन भने केही दिन लाग्छ । “नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् रहेको देखिन्छ,” महाशाखाले भनेको छ ।

    यो वर्ष जेठ १८ देखि असोज १४ गतेसम्मका चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ । तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको अनुमान छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij