२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दुम्किवासमा अवरुद्ध सडक अझै खुलेन

दुम्किवासमा अवरुद्ध सडक अझै खुलेन

दुम्किवासमा अवरुद्ध सडक अझै खुलेन

दुम्किवासमा अवरुद्ध सडक अझै खुलेन

दुम्किवासमा अवरुद्ध सडक अझै खुलेन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • नवलपुर । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध नारायणघाट–बुटबल सडक साढे सात घण्टासम्म पनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले खोलामा पानीको सतह नघटेकाले नयाँ डाइभर्सन निर्माण हुन नसकेको जानकारी दिउ ।

    प्रमुख प्रहरी उपरीक्षक ढकालले डाइभर्सनका लागि सडक विभागको टोली घटनास्थलमा पुगेको भए पनि सडक सञ्चालनमा ल्याउन दिनभरी लाग्न सक्ने बताएको जानकारी दिए । उनले शुक्रबार दिउँसो १२ बजेदेखि साना तथा हलुका सवारी साधनलाई भने ११, १२ किलोमिटर उत्तरतर्फ दुम्कीबास–कोल्टाडी–सर्दी हुँदै होङ्सी गेट र होङ्सी गेट–कोल्टाडी–सर्दी हुँदै दुम्कीवास दुवै तर्फबाट पास गराइएको बताए । 

    वर्षासँगै आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघट–बुटबल सडक बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको हो ।

    बाढीले चोरमाराको डाइभर्सन पनि बगाएको थियो भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्सानी खोलाको सडकमा पनि  क्षति पुर्‍याएको थियो । यी दुबै स्थानमा भने एकतर्फी सवारी साधन सञ्चालन भइरहेका छन् ।

    गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुल र वैशाख २९ गते होङ्सी सिमेन्टको १८ चक्के टेलर हिँड्दै गर्दा पुल भाचिएको थियो । पुल भाचिएपछि डाइभर्सनमार्फत गाडी आवत जावत गराउने गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij