२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कीर्ते गरी लाइन्सेन्स बनाएको अभियोगमा यातायातका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा दायर

कीर्ते गरी लाइन्सेन्स बनाएको अभियोगमा यातायातका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा दायर

कीर्ते गरी लाइन्सेन्स बनाएको अभियोगमा यातायातका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा दायर

कीर्ते गरी लाइन्सेन्स बनाएको अभियोगमा यातायातका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा दायर

कीर्ते गरी लाइन्सेन्स बनाएको अभियोगमा यातायातका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा दायर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १७ २०८२
शुक्रवार, जेठ १७ २०८२
  • बुटवल ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका ४ जना कर्मचारीविरुद्ध कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध गलत लिखत बनाइ सरकारी कागजात कीर्ते गरी भ्रष्टचार गरेको अभियोगमा शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१-०८-००८३६६८७  सभ्यता केसीको मा बी एड हुनुपर्नेमा ०१-०८-०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

    रुपन्देही यातायातका तत्कालीन कम्प्युटर अपरेटर पराजुली र यातायात तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट ०७८ साल चैत ७ गते जारी भएको अरु नै आवेदकको आइडी ८४०१६८५ मा जारी भएको क्याटेगोरी बी– कार, जीप डेलिभरी भ्यानको सवारी चालक अनुमपतिपत्रको विवरण परिवर्तन गरी ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई लाइसेन्स दिएको पाइएको हो ।

    यातायात व्यवस्था कार्यालयको अनलाइन डेटाबेस प्रणालीमा प्रत्येक आवेदकको फरक ‘अप्लिकेन्ट आइडी’ हुने जान्दाजान्दै पनि आरोपिहरुले मिलोमतोमा कागजात कीर्तेगरी लाइसेन्स जारी गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

    साथै सरकारी कर्मचारीसँगको मिलोमतोमा लाइसेन्स लिएकी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४ की सभ्यता केसीविरुद्ध पनि कागजात कीर्तेकै अभियोगमा मुद्धा दायर गरिएको छ ।

    केसीले यातायात व्यवस्था तथा नियमावली बमोजिम प्रक्रियामा भाग नलिइ नियतवश कागजात कीर्ते गर्ने कार्यमा संलग्न रहेको र नक्कली लाइन्सेस प्रयोग गरेको भन्दै मुख्य कसुरदारसरह नै सजाय माग दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij