२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ– शिवाकोटी

कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ– शिवाकोटी

कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ– शिवाकोटी

कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ– शिवाकोटी

कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ– शिवाकोटी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  • दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अब भावुक स्मृतिमा नभइ उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्ने बताएका छन् । 

    दोलखाको चरिकोटमा निर्माण हुने बीपी स्मृति भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नेता शिवाकोटीले कांग्रेसलाई सशक्त र नयाँ ढंगले लैजानुपर्नेमा जोड दिएका हुन् । 

    उनले संगठनमा शक्ति र सेवामा संस्कार हुनुपर्ने भन्दै सबैलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प कांग्रेससँग नभएको बताए । उनले भने, 'हामी जुन कांग्रेस बनाउने सपना देख्दैछौं त्यो यस्तो हुनुपर्छ: जहाँ जेन्जी पुस्ता आशावादी हुन्छ, जहाँ पुराना पुस्ता गौरबान्वित हुन्छन्, जहाँ कार्यकर्ता सक्रिय महसुस गर्छ र जनता सन्तुष्ट महसुस गर्छ ।'

    गृहजिल्लामा बन्न लागेको उक्त पार्टी कार्यालयको भवनको सन्दर्भलाई जोडेर नेता शिवाकोटीले विभिन्न नौँ बुँदामा आफ्नो भनाइलाई समेटेका छन् । 

    उनले दोलखा कांग्रेस भरोसा र इतिहासको आधारशिला रहेको उल्लेख गर्दै भने, 'आज हामीले नयाँ पार्टी कार्यालयको शिलान्यास गरेका छौँ । शिलान्यासपछि बन्ने यो पार्टी कार्यालय केवल ईँटा र सिमेन्टको संरचना होइन, यो दोलखाले बोकेको बलिदान, संगठन र संकल्पको थालनी हो ।'

    दोलखा कुनै पनि युगमा मौन बस्ने जिल्ला नभएको दाबी गर्दै शिवाकोटीले जब अन्याय हाबी हुन्थ्यो तब दोलखाले विद्रोह गरेको बताए । उनले भने, '२००७ सालको सशस्त्र क्रान्तिमा दोलखा अग्रपंक्तिमा थियो । सशस्त्र क्रान्तिका क्रममा २००७ सालमा लडाइँ भएको गुम्फुङ र मेलुङ अझै साक्षी छन् ।'

    उनले आजको शिलान्यास संगठनको पुनरुत्थान, विचारको पुनर्स्थापना र नेतृत्वको पुनर्निर्माणको शंखघोष भएकोसमेत बताए ।

    उनले कांग्रेसलाई जीवन्त राख्न परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै अब जेन जी पुस्तालाई सम्बोधन गर्न ढिला गर्न नहुने बताए । उनले भने, 'हिजोका पुस्ता कांग्रेसप्रति भावनात्मक निष्ठा राख्थे । आजका जेन्जी पुस्ता नतिजा र अवसरको खोजीमा छन् । हामीले अब पुराना पुस्ताको भरोसा पुनःस्थापित गर्नुपर्छ र नयाँ पुस्ताको आकर्षण प्राप्त गर्नुपर्छ।'

    उनले पुरानालाई सम्मान गरी नयाँलाई अवसर दिनुपर्नेमा जोड दिँदै भने, 'पुराना पुस्ताका लागि संघर्षको सम्मान, योगदानको कदर, अनुभवको प्रयोग आवश्यक छ। जेन्जी पुस्ताका लागि डिजिटल पहुँच, कार्यक्रममा नवप्रवर्तन, नेतृत्वमा अवसर दिन जरुरी छ । भरोसाका जरा र भविष्यका पातहरू एकै वृक्षमा हुर्कन सक्ने ठाउँ कांग्रेस हो ।'

    उनले कांग्रेस सत्तामा भएकाले जवाफदेहिता देखाएर जनताको मन जित्नुपर्नेमा समेत जोड दिएका छन् । शिवाकोटीले सम्बोधनका क्रममा भने, 'आज कांग्रेस सरकारको नेतृत्वकर्ता हो। हामीसँग नीति बनाउने, कार्यान्वयन गर्ने र परिणाम दिने अवसर छ। हामीले अब भ्रष्टाचारमुक्त प्रशासन, सेवामुलक जनप्रतिनिधित्व, संघीयता र स्थानीय समन्वयमा प्रभावकारिता, र शान्ति, विकास र न्यायमा अग्रसरता देखाउनु पर्छ।'

     पार्टीको आसन्न महाधिवेशनबारे विचार राख्दै शिवाकोटीले भने, '१५औँ महाधिवेशन कांग्रेसको संगठन पुनःनिर्माण र भावी नेतृत्व निर्माणको अवसर हो । यस महाधिवेशनलाई सार्थक बनाउन: सक्रिय सदस्यता अभियानलाई पूर्ण पारदर्शिता र निष्पक्षतासाथ सम्पन्न गर्नुपर्छ, विवादरहित संगठन निर्माण गरेर तल्लो तहसम्म एकताको भावना ल्याउनुपर्छ, युवा, महिला, अल्पसंख्यक, दलित र जनजातिको सहभागिता सुनिश्चित गर्नुपर्छ। सक्रिय सदस्यता केवल नामको सूची होइन यो विचार र प्रतिबद्धताको अभिलेख हो ।'

    कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पार्टीका अनुहार भएको उल्लेख गर्दै शिवाकोटीले भने, 'हाम्रा निर्वाचित जनप्रतिनिधिहरू पार्टीका प्रतिविम्ब हुन् । उनीहरू जनतासँग आत्मीय संवाद कायम गर्न, पारदर्शी सेवा र समर्पणद्वारा पार्टीप्रतिको विश्वास गहिर्याउन, पार्टी र जनताको बीचमा उत्तरदायी पुल बन्न अग्रसर हुनुपर्छ ।'


    भ्रातृ तथा शुभेच्छुक संस्थाहरु ऊर्जाका स्रोत भएको उल्लेख गर्दै उनले भने, 'नेविसंघ जेन जी पुस्ताको नेतृत्व प्रयोगशाला, महिला संघ लैङ्गिक न्यायको प्रतिनिधि हुन भने तरुण दल, ट्रेड युनियन, प्रेस युनियन जस्ता संस्थाहरू अभियान, नीति र संगठनका संवाहक हुन् । यी संस्थालाई सक्रिय, जवाफदेही र प्रभावकारी बनाउने योजना अगाडि बढाउनु आवश्यक छ ।'


     नेता शिवाकोटीले कांग्रेसको अबको बाटो संगठन, विचार र संवाद भएको बताउँदै भने, 'अब हामीले विचारमा स्पष्टता, कार्यकर्तासँग नियमित संवाद, नीतिमा नवीनता र 
    जनतासँगको सम्बन्धमा आत्मीयता बढाउनुपर्छ ।'

    कांग्रेसका पूर्व महामन्त्री एवं हालका राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उक्त भवन  शिलान्यास गरेका हुन् । सो शिलान्यास कार्यक्रममा शिवाकोटीसँगै केन्द्रीय सदस्य जीपछिरिङ लामा, बागमती प्रदेशका मन्त्री एवं केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, जिल्ला सभापति बर्मा लामा लगायत सहभागी थिए । 

    चार करोड लगानीमा बन्ने उक्त भवन दुई वर्षभित्र सक्ने योजना रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij