२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

टरिगाउँ विमानस्थल बन्ने आशै छैन : स्थानीय

टरिगाउँ विमानस्थल बन्ने आशै छैन : स्थानीय

टरिगाउँ विमानस्थल बन्ने आशै छैन : स्थानीय

टरिगाउँ विमानस्थल बन्ने आशै छैन : स्थानीय

टरिगाउँ विमानस्थल बन्ने आशै छैन : स्थानीय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  • दाङ ।  बजेट बनाउने वेला दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलको चर्चा हुन्छ। हरेक वर्ष आशा मात्र, काम केही नहुँदा अब विश्वास लाग्न छाडेको स्थानीय देवेन्द्र केसीले बताए।

    आर्थिक वर्ष २०८२।०८३ को बजेट भाषणमा विस्तार गर्ने कुरा आउँदा यो जनता झुक्याउने काम भएको उनको भनाइ छ। अहिलेको बजेटबाट दंगाली निकै चिन्तित रहेको भन्दै उनले जिल्लाबाट नेतृत्व गर्ने विभिन्न पार्टीका केन्द्रीयस्तरका नेताहरू हुँदा पनि बजेट यो अवस्थामा आउनु विडम्बना भएको बताए।

    केसीले भने, ‘विगतका वर्षहरूमा पनि एयरपोर्टका लागि यस्तै बजेट हुन्थ्यो तर काम अहिलेसम्म भएको छैनन्।’ यस्तै उनले हल्ला मात्र गर्ने र चुनावी नारा मात्र बनाउने नेताहरूले आउँदो ०८४ को निर्वाचनमा नराम्रो नतिजा भोग्नुपर्ने बताए।

    प्रधानमन्त्रीदेखि काङ्ग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षसम्म दाङ आए। उनीहरूले यो वर्ष बजेट छुट्याइने गफ दिए पनि बजेट भाषणमा विस्तार मात्रै उल्लेख छ। दाङमा एयरपोर्ट भएमा नेपालगन्ज र भैरहवामा असर पुग्ने भएकाले पनि त्यहाँको दबाबले यो एयरपोर्ट बन्न नदिने अर्का स्थानीय डिल्लीबहादुर रावतले बताए।

    यस्तै उनले अहिले रहेको एयरपोर्टमा जग्गा धेरै रहेको भन्दै इच्छाशक्ति भए एयरपोर्ट विस्तार हुनेमा कुनै दुई मत नरहेको भन्दै विभिन्न बहानामा यसलाई ओझेलमा पार्न खोजेको बताए।

    उनले भने, ‘यदि यो एयरपोर्ट बनाउने इच्छाशक्ति भएको भए बजेट तोकेरै आउने थियो। देशभरका एयरपोर्ट विस्तारका लागि ५० करोड बजेट छुट्टाइएको छ। त्यो बजेटले कतै पनि एयरपोर्ट बन्दैन। यो हामी जस्ता नागरिकलाई झुक्याउने खेल हो।’

    जिल्लामा नेताहरू आउने भाषण गर्ने र आश्वासन दिँदा खुशी लागे पनि बजेट भाषण सुन्दा अब एयरपोर्टको विकास हुनेमा आफूलाई विश्वास नलागेको अर्का स्थानीय घनश्याम डाँगीले बताए।

    उनले यो एयरपोर्टलाई जिल्लामा रहेका विभिन्न पार्टीले चुनावी एजेण्डा मात्र बनाउने र जनतालाई भ्रम छर्ने काम गर्दै आइरहेको हुँदा अब ०८४ मा जनताले नै उनीहरूलाई देखाउन समेत बताए। उनले भने, ‘अब जनतालाई भ्रम छर्ने काम बन्द गर्नुहोस्। तपाईँहरूको कुरालाई अब जनताले पत्याउन छाडे। यस्तै हो भने ०८४ मा तपाईँहरूलाई जनताले सिध्याउने छन्।’

    यस्तै उनले योपटक आफूलाई पनि एयरपोर्ट विकासको लागि राम्रै बजेट पर्ने आश लागेको भन्दै बजेटमा विस्तार गर्ने कुरा आउँदा अब यो एयरपोर्ट नबन्ने ठोकुवा गरे। उनले अब यो एयरपोर्टलाई महोत्सव लगाउन स्थलका रूपमा विकास गर्न समेत आग्रह गरे। उनले भने, ‘खाली भ्रमको मात्र खेती भइरहेको छ।’

    २०११ सालमा स्थापना भएको यो एयरपोर्ट विकासका पर्खाइमा दशकौं बितिसकेको छ। यसको विकासका लागि साढे ३ अर्बभन्दा बढी लाग्ने अनुमान छ। योपटक बजेट सुनिश्चितता हुनेमा आफूहरू धेरै आशावादी रहेकोमा विस्तार गर्नेभन्दा फेरि पहिलेकै जस्तै कुरा आएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले बताए।

    उनले तराई, पहाड र पश्चिम नेपाललाई जोड्ने सम्भावना बोकेको विमानस्थल राजनीतिक भाषणको विषय मात्र बन्ने र बजेटमा नपर्दा दाङवासीको सपना पूरा कहिले हुन्छ भन्नेमा प्रश्न खडा भएको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij