२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पत्रकारलाई क्षमता विकास तालिम

पत्रकारलाई क्षमता विकास तालिम

पत्रकारलाई क्षमता विकास तालिम

पत्रकारलाई क्षमता विकास तालिम

पत्रकारलाई क्षमता विकास तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २० २०८२
सोमवार, जेठ २० २०८२
  • बासुदेव ढकाल
    रामपुर
    पाल्पा । रामपुर नगरपालिकाले पाल्पाली पत्रकारहरुका लागि क्षमता विकास तालिमसँगै अध्ययन अवलोकन गराएको छ । रामपुर नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको समन्वयमा पत्रकारहरु तीनदिनदेखि पोखरामा क्षमता विकास तालिम गरी विभिन्न पर्यटकीय स्थलको अध्ययन भ्रमण कार्यक्रम भएको हो । २४ जना पत्रकार सहभागी टोलीलाई कास्कीको मादी गाउँपालिका–१ सिक्लेसको पर्यटकीय स्थलको अवलोकनसँगै पोखरामा एआई र डिजिटल मिडियाको विषयमा सञ्चारकर्मीलाई तालिम दिइएको छ । 


    तालिमको नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै भण्डारीले प्रविधिको विकाससँगै पत्रकारितालाई समयसापेक्ष बनाउनु आवश्यक रहेको बताए । उनले पाल्पा जिल्लाले राजधानी बाहिर पहिलो रेडियो र केवल टेलिभिजन सञ्चालन गरेर इतिहास रच्न सफल हुनुका साथै विकास पत्रकारिताको सुरुवातसमेत पाल्पाबाट भएकोमा गर्व लागेको जनाए  ।


    नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले डिजिटल साक्षरताको आवश्यकता औंल्याउँदै पत्रकारिताको शैलीमा रुपान्तरणको खाँचो रहेको बताए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्माले तालिमले विकास र सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास व्यक्त गरे । एकीकृत समाजवादी प्रेस संगठनकी केन्द्रीय सदस्य रमा भण्डारीले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए  ।


    कार्यक्रममा एआई पत्रकारिताका अध्येता तथा प्रयोग कर्ता जीवन भण्डारीले कृत्रिम बौद्धिक क्षमता (एआई) को महत्व, प्रयोग र सम्भावना विषयमा प्रशिक्षण दिएका थिए । उनले एआईको प्रयोगको विषयमा प्रयोगत्मक अभ्यास गराएका थिए । त्यस्तै,  समाधान न्यूजका सम्पादक एवं पत्रकार भरत कोईरालाले विश्व तथा राषट्र सन्दर्भमा नेपाली मिडिया हाउसहरूको अवस्था, समस्या र समाधानबारे जानकारी प्रस्तुत गरेका थिए  ।


     महासङ्घ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षता, सह–सचिव दुर्गेश मल्लको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


     विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको  तीन दिनको भ्रमण सकेर  शनिबार पाल्पा फर्किएको टोलीलाई रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले स्वागत गर्दै रामपुरको विकास निर्मण र पर्यटन विकासको लागि गरिएको प्रयासबारे जानकारी गराए  । उनले निर्माणाधिन कालीगण्डकी पैदल मार्ग, ज्याग्दी बृहत् पार्क तथा चरा पार्क र पवित्र तिर्थस्थलमा जेष्ठ नागरिक स्कुल सञ्चालनको कार्य प्रगतिका बारेमा पनि पत्रकारहरुलाई जानकारी गराएका थिए । सोही अवसरामा नेपाल पत्रकार महासंघ पाल्पाकी उपाध्यक्ष बन्दना पोखरेलले रामपुर नगरपालिकाले  पाल्पाली पत्रकारहरुको क्षमता विकासको लागि गरेको कार्यक्रमले पत्रकारमा क्षमता वृद्धि हुने विश्वास लिएको बताउँदै नगरपालिकालाई धन्यवाद दिइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij