२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रधानमन्त्री ओलीले लेखे लगत्तै एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड

प्रधानमन्त्री ओलीले लेखे लगत्तै एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड

प्रधानमन्त्री ओलीले लेखे लगत्तै एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड

प्रधानमन्त्री ओलीले लेखे लगत्तै एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड

प्रधानमन्त्री ओलीले लेखे लगत्तै एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २० २०८२
सोमवार, जेठ २० २०८२
  • काठमाडौं : नेकपा एमालेले सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड चलाएको छ। राजावादीहरु राजसंस्था र हिन्दुराष्ट्र बनाउने भन्दै आन्दोलन गर्दै सत्तारूढ  दलका कार्यकर्तालाई झोले भन्दै गाली गर्न थालेपश्चात एमालेका शीर्ष नेता र कार्यकर्ताले सामाजिक सञ्जालमा ‘झोले ट्रेन्ड’ चलाउन थालेका हुन्।

    सुरुवातमा  प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ‘म झोले हो’ भन्ने सन्देश प्रवाह भएको थियो। ‘म झोले हो।’ओलीको फेसबुकमा तस्बिर राखेर गरिएको पोस्टमा भनिएको छ,‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।’ 

    ओलीले क्याप्सनमा भने सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न आग्रह गरेका थिए। ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ।’ ओलीले भनेका थिए, ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’ 

    पोष्ट भएलगत्तै प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले सेयर गर्न थालेका थिए। त्यसपश्चात उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनीता बराल लगायत सांसद तथा नेताहरूले पनि पोष्ट गरिरहेका छन्।

    गत आइतबार पनि ओलीले नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको  उद्घाटन गर्दै सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरेपनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरेका थिए। उनले राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्न आग्रह गर्दै भनेका थिए,‘म एमालेको झोले हुँ। यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला। म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु। यसमा मलाई गर्व छ।’

    देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरूले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए। ‘भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरुले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे। विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने।

    यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो,’ अध्यक्ष ओलीले भने,‘व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन। विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ। आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन। त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ। यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij