२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दलित पत्रकार संघ रूपन्देहीले छैटौं स्थापना दिवस मनायो

दलित पत्रकार संघ रूपन्देहीले छैटौं स्थापना दिवस मनायो

दलित पत्रकार संघ रूपन्देहीले छैटौं स्थापना दिवस मनायो

दलित पत्रकार संघ रूपन्देहीले छैटौं स्थापना दिवस मनायो

दलित पत्रकार संघ रूपन्देहीले छैटौं स्थापना दिवस मनायो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ २१ २०८२
मंगलवार, जेठ २१ २०८२
  • बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले छैठौं स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रम गरी मनाएको छ । २०७६ साल जेठ १८ गते स्थापना भएको संघले देशैभर विभिन्न कार्यक्रम गरी मनाइरहेको बेला रुपन्देही शाखाले पनि  बुटवल – ११  देवीनगरस्थित  चौपारीमा कार्यक्रम गरेको हो ।


    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले सामाजिक रुपान्तरणका लागि दलित पत्रकार संघले नेतृत्वदायी भूमिका खेलेको बताए । 


    उनले नेपाली समाजको रुपान्तरणका लागि पछाडि पारिएका समुदायको आवाजलाई पत्रकारितामार्फत् दलित समुदायका पत्रकारहरुको योगदान रहेको बताए ।


    यस्तै कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियारले दलित समुदायको  मुद्दालाई मूलप्रवाहमा ल्याउन र नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन संघको स्थापना भएको बताए । उनले पत्रकारिता आवाजविहीनको आवाज भएको भए पनि  मुद्दाको संवेदनशीलताका लागि दलित समुदायकै पत्रकारहरुको आवश्यकता हुने बताए ।


    कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले दलित समुदायको समस्या सबैको साझा समस्या भएकाले मिडियाले यस्ता मुद्दालाई सधैं प्राथमिकता राख्नुपर्ने जनाए ।


    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मीना ढकालले दलित समुदायका पत्रकारहरुको पेशागत हितका लागि संघको भूमिका सकारात्मक रहेको बताइन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेयले छैटौं स्थापना दिवसको शुभकामना दिँदै संस्थाले आगामी दिनमा उद्देश्यहरु पूरा गर्न सफलता मिलोस् भनी शुभकामना दिएका थिए ।

     

    यस्तै मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा मानवअधिकारकर्मी गोविन्द खनालले दलित अधिकार मानव अधिकार भएको बताउँदै दलित पत्रकार संघले त्यस्ता समुदायको  मुद्दालाई सधैं उच्च स्थान दिनुपर्ने बताए ।


    संघका रुपन्देही शाखा अध्यक्ष टंक सुनारको अध्यक्षता तथा सचिव कृष्ण रणपालको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उप–महानगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर सुनार, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

     
    कार्यक्रममा रुपन्देहीका विभिन्न पत्रकार सम्बद्ध संगठनका प्रतिनिधि, अधिकारकर्मी, मानवअधिकारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij