२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तत्काल रोक्न दलहरूको माग, ठेक्का तोड्ने सीडीओको चेतावनी

तत्काल रोक्न दलहरूको माग, ठेक्का तोड्ने सीडीओको चेतावनी

तत्काल रोक्न दलहरूको माग, ठेक्का तोड्ने सीडीओको चेतावनी

तत्काल रोक्न दलहरूको माग, ठेक्का तोड्ने सीडीओको चेतावनी

तत्काल रोक्न दलहरूको माग, ठेक्का तोड्ने सीडीओको चेतावनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २२ २०८२
बुधवार, जेठ २२ २०८२
  • लुम्बिनी संवाददाता
    बुटवल
    रुपन्देहीका तिनाउ नदीका विभिन्न ठाउँमा ठेकेदारले मापदण्ड विपरीत गहिरो खनेको भेटिएपछि प्रमुख जिल्ला अधिकारीले गल्ती दोहो¥याए ठेक्का तोड्ने चेतावनी दिएका छन् । 


    प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले मंगलबार बुटवल उप–महानगरपालिकाले ठेक्का लगाएको मगरघाट पुलको दक्षिणतर्फ ठेकेदारले अनुमति पाएको भन्दा गहिरो खनेर ढुंगा गिट्टी निकालेको पाइएपछि उप–महानगरका कर्मचारी र ठेकेदारलाई राखेर गल्ती दोहो¥याए ठेक्का तोड्ने सम्मको कारबाही हुने चेतावनी दिएका हुन् । सीडीओ घिमिरेले आइइइ प्रतिवेदन विपरीत जथाभावी उत्खनन् हुँदा पनि बुटवल उप–महानगरले नियन्त्रण नगरेको भन्दै आक्रोश पोखेका थिए । 


    ‘आइइइ विपरीत उत्खनन् हुने र अनुगमन नगर्ने हो भने किन आइइइ गरेको त ?,’– उपमहानगरका उच्च तहका कर्मचारीलाई प्रश्न गर्दै सीडीओले भने–‘यस्ता गल्ती फेरि दोहोरिए ठेक्का तोड्नेसम्मको कारबाही हुनसक्छ त्यति बेला कसैले कुनै गुनासो गर्न पाउँदैन ।’ 


    उत्खनन् स्थलमा पालिकाले अनिवार्यरुपमा प्राविधिक खटाएर निगरानी गर्नुपर्ने र घाटगद्दी स्थलमा ठेकेदारको प्रतिनिधि हुनुपर्नेमा त्यो नदेखिएको जिल्ला समन्वय समिति संयोजक उमाकान्त चापागाईंले बताए । 


    उत्खनन् स्थलमा प्राविधिक नखटाइँदा जथाभावी ढुंगा, गिट्टी निकाल्ने काम हुँदा छेउको बस्ती र पुलहरु जोखिममा पर्ने खतरा रहेकोतर्फ चापागाईंले सचेत गराए । 


    ‘मगरघाट पुल उत्तर र दक्षिण दुबैतर्फ स्वीकृत मापदण्ड विपरीत उत्खनन् भइरहेको छ, यो नरोके कारबाही हुन्छ,’ चापागाईंले भने–‘राज्यको सम्पतिको संरक्षणमा स्थानीय नागरिकको पनि निगरानी हुनुपर्छ ।’

     
    यसैबिच समाजवादी मार्चा रुपन्देहीले पनि खोलामा भइरहेको तत्काल अनियमितता रोक्न माग गरेको छ ।

     
    मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका संयोजक निर्मल जिसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिराध्वज शाह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं मोर्चाका जिल्ला संयोजक शरद वलीले मंगलबार विज्ञप्ति जारी गर्दै जथाभावी उत्खनन् र चोरी निकासीप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 
    जथाभावी दोहन र चोरी निकासीमा सम्बन्धित निकायको मिलेमतो र सेटिङ रहेको मोर्चाको आरोप छ । 


    ‘केही दिनयता बुटवल, सैनामैना, देवदह, सिवारी शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैंडहवा, रोहिणी, कञ्चनलगायतका स्थानीय पालिकाहरुले तिनाउ, दानव, चरंगे खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला, घोडाखोला, सुक्रौलीघाटलगायतका  अधिकांश खोलाहरुमा अनियन्त्रितरुपमा मापदण्ड विपरीत अवैधरुपमा दोहन गरी नदीजन्य पदार्थ ढुंङ्गागिट्टी, बालुवा दोहन तथा चोरी निकासी भइरहेको र केही क्रसर उद्योगमा अवैध ओसारपसार र मापदण्ड विपरीत घाटगद्दी गरेको कार्यप्रति समाजवादी मोर्चा नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ–‘सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड विपरीत राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा नापजाँचभन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगद्दी नगरी सोझैँ केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम विपरीत घाटगद्दी गर्ने, चोरी गर्ने र अवैध निकासी गर्ने जस्ता कार्यहरु तत्काल बन्द गराउन र नियमित अनुगमन नियन्त्रण, निगरानी नियमन गर्न र अवैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’ प्राकृतिक स्रोत र साधनको दोहनमा मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्काल हटाउन अनुरोध गर्दै मोर्चाको अनुरोधलाई बेवास्ता गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ । 


    खोला उत्खनन्को ठेक्का पाएका ठेकेदारले पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्ने ढुंगागिट्टी सिधैँ क्रेसर उद्योगमा लैजाने गरेको पाइएपछि तिलोत्तमा–६ गोरकट्टास्थित कश्यप नमूना रोडा उद्योगलाई सोमबार प्रशासनले कारबाही गरेको छ । सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा उत्खनन्बाट ल्याइएको ताजा ढुंगागिट्टी ठूलो परिमाणमा भेटिएपछि अर्को निर्णय नहुँदासम्मका लागि बिक्री वितरण गर्न नपाउने गरी कारबाही गरिएको हो । 


    उक्त ठाउँको उत्खनन्को ठेक्का व्यवसायी सुमन बस्यालले पाएका छन् । गत वर्ष पनि उनैले ठेक्का पाएका थिए । मगरघाट दक्षिणतर्फको ठेक्का पनि उनकै समूहले पाएको छ । समाचार प्रकाशित भएपछि गोरकट्टामा भइरहेको उत्खनन् बन्द गराइएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । 


    सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा अवैध ढंगले ताजा ढुंगागिट्टी ठूलो परिमाणमा आएको देखिएकाले बिक्री वितरण बन्द गराइएको र थप प्राविधिक अनुसन्धान गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताए । 
    धेरै ठाउँमा ठेक्का लागेकाले सबै ठाउँमा अनुगमन गर्न कठीन भएको घिमिरेले बताए । 


    कात्तिक–मंसिरबाटै खोलाको ठेक्का लगाउने प्रकृया अघि बढाउन पालिकाहरुलाई आग्रह गरे पनि बेवास्ता गरेर सबै पालिकाले एकैचोटी जेठमा ठेक्का लगाउँदा प्रभावकारी अनुगमन हुन नसकेको हो । 


    यसअघि अनुगमन हुँदा तिलोत्तमामा २ वटा, सैनामैनामा ६ वटा गाडी नियन्त्रणमा लिई कारबाही गरिएको समन्वय समिति प्रमुख चापागाईंले बताए । मापदण्ड विपरीत हुने उत्खनन् र चोरीको सूचना सरोकारवाला निकायलाई दिएर अवैध कार्य रोक्न स्थानीयको सहयोग हुनुपर्ने चापागार्इंले अनुरोध गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij