२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विश्व वातावरण दिवसमा तिलोत्तमा साइक्लिङ क्लबले गर्‍यो बृक्षारोपण

विश्व वातावरण दिवसमा तिलोत्तमा साइक्लिङ क्लबले गर्‍यो बृक्षारोपण

विश्व वातावरण दिवसमा तिलोत्तमा साइक्लिङ क्लबले गर्‍यो बृक्षारोपण

विश्व वातावरण दिवसमा तिलोत्तमा साइक्लिङ क्लबले गर्‍यो बृक्षारोपण

विश्व वातावरण दिवसमा तिलोत्तमा साइक्लिङ क्लबले  गर्‍यो बृक्षारोपण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • तिलोत्तमा । तिलोत्तमा साइक्लिङ क्लबले  विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा ४ स्थित स्केट पार्क परिसरमा बृक्षारोपण गरेको छ । हरियाली प्रवद्र्धन र वातावरण संरक्षण गर्ने उद्देश्यले क्लबले वातावरण दिवसको अवसर पारेर गुलमोहर र कपुरका तीस वटा विरुवा रोपेको हो ।

    उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले सरसफाई र हरियाली प्रवर्धन अभियानले तिलोत्तमा नेपालमा मात्र नभई विश्वमै उदाहरणीय बनेको चर्चा गर्दै यो असल अभ्यासलाई सबैले साथ दिनुपर्ने आग्रह गरे ।

    उनले  साइक्लिङ र वातावरण एक सिक्का का दुई पाटा भएको उल्लेख गर्दै  साइक्लिङले हरेक व्यक्तिलाई स्वस्थ बनाउने र वातावरण संरक्षणमा योगदान गर्ने बताए ।

    नगर प्रमुख खांणले नगरमा साइक्लिङ रोड बनाउने बारेमा क्लबसंग सहकार्य गर्ने बताए । क्लबका अध्यक्ष अर्जुन गुरुङले स्थापनाको छोटो अवधिमै क्लबले सामाजिक र साइक्लिङ क्षेत्रमा उल्लेखनीय काम गरेको बताए ।

    उनले तिलोत्तमाका १७ वटै वडामा साइक्लिङ गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजनामा रहेको बताए । बिहीबार गरिएको बृक्षारोपण प्रत्येक सदस्य लाई एक एक वटाविरुवा हुर्काउने जिम्मा दिइने गुरुङले बताए । कार्यक्रममा क्लबका बरुण ज्ञवाली र मदन ज्ञवालीले पनि आफ्ना भनाई राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij