२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सभापतिले पनि सरकारको कामको गति पुगेको छैन भनिसक्नुभयो, समीक्षा गर्दैछौँ : गगन थापा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २४ २०८२
शुक्रवार, जेठ २४ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनको लागि सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेको बताएका छन्।

    विराटनगर पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले अपेक्षा अनुसार काम गर्न नसकेकाले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

    उनले भने, ‘हाम्रो पार्टी सभापतिले पनि भनिसक्नुभयो सरकार जुन गतिमा चल्नुपर्ने हो, जस्तो खालको परिणाम दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन। यसमा गम्भीर समीक्षा गरिरहेका छौँ।’

    उनले आफू पनि सहभागी भएको सरकारलाई थप प्रभावकारी कसरी बनाउने भन्नेबारे अब चाँडै बस्ने केन्द्रीय समितिको बैठकमा पनि छलफल हुने बताए। उनले बैठकमा पार्टीबाट सरकार गएका मन्त्रीहरूको कामबारे पनि गम्भीर छलफल गर्ने बताए।

    यस्तै, उनले पार्टीको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रको सदस्यता नवीकरण एवं छिनोफानोतिर लाग्न आग्रह गरे।

    उनले अहिलेसम्म आफ्नो बाहेक अरू कुनै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरणको काम नटुङ्गिएको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij