२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीले बुझायो मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीले बुझायो मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीले बुझायो मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीले बुझायो मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीले बुझायो मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ २५ २०८२
शनिवार, जेठ २५ २०८२
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन ।

    शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले 'जेन जि पुस्ता' लाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन गरेर नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन ।

    "लुम्बिनी प्रदेशमा स्टार्टअपलाई सुदृढ बनाउनु आजको आवश्यकता हो । युवालाई नवप्रवर्तनमा सक्रिय सहभागी गराउने र स्वरोजगार सिर्जना गर्ने सरकारको लक्ष्य छ" मुख्यमन्त्री आचार्यले भने, "नवीन प्रयासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छ ।"

    छलफलका क्रममा नेपाल उद्योग परिसंघले लुम्बिनी प्रदेशमा स्टार्टअप इनक्युबेसन सेन्टर स्थापना गर्न सकिने प्रस्ताव राखेको थियो । यसका लागि आवश्यक सहकार्य तथा नीतिगत सहयोग प्रदेश सरकारबाट आवश्यक पर्ने परिसंघले जनाएको छ ।

    परिसंघका अनुसार, एग्रिटेक, पर्यटन तथा डिजिटल सेवा जस्ता क्षेत्रहरूमा स्टार्टअप योजनाहरू कार्यान्वयन गर्न सकिनेछ । यसले युवाहरूको नविन सोचलाई व्यवसायिक रूप दिने, स्थानीय सीप र स्रोतलाई प्रयोगमा ल्याउने र रोजगारीको अवसर सृजना गर्ने अपेक्षा गरिएको छ ।

    प्रदेशको नवप्रवर्तन क्षमतालाई व्यवस्थित रूपमा उपयोग गर्न र आर्थिक विकासको नयाँ ढोका खोल्न लुम्बिनीमा स्टार्टअप इनक्युबेसन केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने तयारी छ ।

    छलफलमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याल, नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोरा र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजु, स्टार्टअप चियर विवेक कशौधन, मेम्बरसिप चियर अबिषेस पाठक मेम्बर तेजेन्द्र भट्टराईको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij