२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

७ वर्षमा हराएका बादल २२ वर्षपछि गुल्मी घर फर्किए

७ वर्षमा हराएका बादल २२ वर्षपछि गुल्मी घर फर्किए

७ वर्षमा हराएका बादल २२ वर्षपछि गुल्मी घर फर्किए

७ वर्षमा हराएका बादल २२ वर्षपछि गुल्मी घर फर्किए

७ वर्षमा हराएका बादल २२ वर्षपछि गुल्मी घर फर्किए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ २५ २०८२
शनिवार, जेठ २५ २०८२
  • गुल्मी । काठमाण्डौबाट ७ बर्षको उमेरमा बेपत्ता भएका गुल्मीका एक युवक शुक्रवार साँझ घर आई पुगेका छन। जिल्लाको इस्मा गाउँपालिका-१, हर्पुकोटका २९ बर्षिय बादल कुँवर बेपत्ता भएको २२ बर्षपछि घर आई पुगेका हुन।

    उनका बाबु नेपाली सेनामा कार्यरत हुँदा उनी बाबु सङ्गै काठमाण्डौ रहेका उनी हराएका थिए। जति बेला उनकी आमा अम्बिका कुँवर वैदेशिक रोजगारका लागि साउदी अरब गएकी थिईन। छोरा बेपत्ता भए प‌छि श्रीमान श्रीमति बीच मनमुटाव बढेको थियो। पछि माया मारेर बसेको बेला फ्रान्समा रहेका छिमेकी प्रकाश बोहराले बादललाई फ्रान्स मै भेटेर परिचय गर्ने क्रममा पत्ता लगाए।

    त्यसपछि सुरु भयो घरमा भिडियो कल। लगत्तै उनै प्रकाशले उनलाई लिएर आएका हुन। बादललाई फ्रान्स कै एक व्यक्तिले लगेर गएका रहेछन।‌

    त्रिभुवन विमानस्थलमा ओर्ले पछि उनले ‘म त यहाँ फ्रान्सबाट तीन पटक आएको हुँ, मेरो घर यतै भन्ने थाहा भएको भए म यतै बस्थेँ नि’ भनेको सङ्गै आउने प्रकाशले बताए।

    छोरो बेपत्ता भए देखि आमा डिप्रेशनको बिमार बालबाल बचेकी हुन। हिजो एक्कासी छोरा आउँदा बिच बाटो मै लिन आएकी आमा छोरालाई हाम हालेर डाँको छाडिन। बादल पनि धेरै बेर सम्म आमाको अङ्गालोमा लुटपुटिदै बाल्यपनको आँशु खसालेका थिए ।

    उनले बाबु अमालाई बिर्से पनि दाजु आकाशलाई बाल्यकालमा सङ्गै खेलेकोले नबिर्सिएको बताए।‌ विमानस्थलमा दाजु आकाशलाई देख्नासाथ बादल अङ्गालो हालेर रोएका थिए। उनी नेपाली बुझ्दैन्न, बोल्दैन्न।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij