बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ मा जलेको अवस्थामा महिलाको शव फेला परेको छ । शव सोही ठाउँ बस्ने श्रृजना पालको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए ।
‘सम्मरीमाई गाउँपालिका-५ पाण्डेडिह भन्ने ठाउँमा खोला नजिकै शव रहेको जानकारी बिहान करिब ३ बजे थाहा पायौं’, डीएसपी सापकोटाले भने, ‘अहिले फिल्डमै रहेका छौं र अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकका पति प्रमोद पाललाई नियन्त्रणमा लिएको छ ।




