२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युिनट संकलन

युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युिनट संकलन

युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युिनट संकलन

युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युिनट संकलन

युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युिनट संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २७ २०८२
सोमवार, जेठ २७ २०८२
  • बुटवल । पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । 

    यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय सचिव तुल्सीराम र उनकी श्रीमती सृष्टि न्यौपानेको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ युनिट रगत संकलन भएको युवा व्यवसायी न्यौपानले जानकारी दिए । 

    रक्तदान कार्यक्रममा बोल्दै माओबादी केन्द्र रुपन्देही इन्चार्ज निर्मल जिसीले व्यवसाय संगै सामाजिक कार्य गरेकोमा न्यौपाने दम्पतीलाई धन्यवाद दिँदै समाजसेवामा ध्यान दिन आग्रह गरे । उनले जन्मदिनमा रक्तदान जस्तो महत्वपूर्ण कार्य भएको बताए । 

    कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले जन्मदिनबाट शुरु भएको रक्तदान नियमित तीन तीन महिनामा अनिवार्य गर्नेगरी अगाडी बढ्न सुझाब दिए । उनले रक्तदान निकै महत्वपूर्ण रहेको बताउँदै सबैले नियमित रक्तदान गरेमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताए । 

    नियमित रक्तादाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले व्यवसायीले सामाजिक उत्तरदायीत्वका कामहरु गर्नुपर्ने बताउँदै यस्ता गतिविधिले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । 

    कृष्ण प्रसाद न्यौपानेको संयोजन तथा हिमाल खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान गर्नेहरुलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij