२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मौसमविद् भन्छन्– आजबाट पानी पर्न सुरु भयो, अब सुक्खा हुँदैन

मौसमविद् भन्छन्– आजबाट पानी पर्न सुरु भयो, अब सुक्खा हुँदैन

मौसमविद् भन्छन्– आजबाट पानी पर्न सुरु भयो, अब सुक्खा हुँदैन

मौसमविद् भन्छन्– आजबाट पानी पर्न सुरु भयो, अब सुक्खा हुँदैन

मौसमविद् भन्छन्– आजबाट पानी पर्न सुरु भयो, अब सुक्खा हुँदैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २९ २०८२
बुधवार, जेठ २९ २०८२
  • काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    काठमाडौंमा आज वर्षा हुनेछ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “हिजो जस्तै आज पनि काठमाडौंमा दिउँसो १२ बजेपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन् । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    आजबाट पानी पर्नेक्रम सुरु भएको मौसमविद् मानन्धर बताउँछिन् । “आजबाट पानी पर्नेक्रम सुरु भयो । अब हरेक दिनजसो पानी पर्छ,” मौसमविद् मानन्धर बाह्रखरीसँग भन्छिन्, “अब सुक्खा मौसम सकियो । अब नियमित जस्तै पानी पर्ने भएकाले सुक्खा हुँदैन ।” 

    यो हप्ताको अन्तिमसम्म कोसी प्रदेशमा रहेको मनसुन अन्य प्रदेशमा पुग्ने उनले बताइन् । “यो साताको अन्तिम अथवा अर्को हप्ताको सुरुसम्म मनसुन कोसीबाट अन्य प्रदेशमा पनि फैलिनेछ,” उनले भनिन् ।  हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij