२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने

राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने

राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने

राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने

राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भनेर निर्णय गर्न आज संसदीय दलको बैठक राखेको छ ।स्रोतका अनुसार संसदीय दलमा सबैजसो सांसदहरु विश्वासको मत नदिने पक्षमा रहेका छन् । एमाले र माओवादीको गठवन्धन सरकार हुँदा राप्रपा प्रतिपक्षमा थियो ।

    पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुने नहुने निर्णय लिइसकेको छैन ।


    तर, भोलि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेमा भने कुनै विवाद नरहेको स्रोत बताउँछ । यद्यपि, आजको वैठकले यस विषयमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिन सक्छ ।

    राप्रपालाई एमाले–कांग्रेस गठवन्धनमा सामेल हुन निम्ता आइसकेको छ । तर, यस विषयमा पार्टी नेताहरु विचाराधीन अवस्थामा छन् । यदि आफ्ना केही एजेण्डा पनि संवाेधन हुने गरी संविधान संसाेधन गर्न नयाँ गठवन्धन तयार भएमा सरकारमा जान पार्टी नेतृत्व लचिलाे बनेकाे छ ।

    यद्यपि केही नेताहरू भने कुनै पनि शर्तमा सरकारमा सामेल हुनु नहुने र सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij