२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दुई प्राविधिक तालिम शुरु

दुई प्राविधिक तालिम शुरु

दुई प्राविधिक तालिम शुरु

दुई प्राविधिक तालिम शुरु

दुई प्राविधिक तालिम शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ ३० २०८२
बिहिवार, जेठ ३० २०८२
  • बुटवल । अटोमोबाईल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समय अनुसार परिमार्जित भईरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उदेश्य सहित दुईवटा प्राविधिक तालिम एकैसाथ शुरु भएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा तालिमहरु शुरु भएका हुन् ।

    बिद्युतीय सवारी साधन संग सम्बन्धीत अटोमोबाइलको  १६ दिने तालिमको समापन तथा नयाँ दुई तालिम, इन्जिन प्रणाली व्यवस्थापन र नेपाली सेनाका जनशक्तिलाई हेवि ईन्जिनिरयरिङ ईक्वपेन्ट मेकानिक्स एडभान्स तालिम एक समारोहका बिचमा शुरु भएका हुन् । 

    तालिम शुभारम्को अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले तालिमको महत्व झल्काउँदै प्रविधि र वातावरण संरक्षणको दृष्टिले यस्ता तालिम अपरिहार्य भएको बताइन्। उनले समय अनुसारको परिवर्तन आवश्यक रहेको बताउँदै व्यवहारिक ज्ञान भएको ब्यक्ति बेरोजगार तथा भोकै बस्नु नपर्ने उल्लेख गरिन् । उनले स्थानीय सरकारबाट यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

    कार्यक्रममा रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले प्रविधि र दक्षता नै आजको युगमा व्यक्तिको पहिचान भएको उल्लेख गर्दै, विद्युतीय सवारी साधन तालिम पुरा गरेका सहभागीलाई बधाई दिनु भयो। उहाँले दक्ष जनशक्ति अभावका कारण सवारी मर्मत क्षेत्रमा समस्या आइरहेको बताउँदै, तालिममार्फत प्रतिस्पर्धामा टिक्न सीप र ज्ञान अद्यावधिक गर्न आवश्यक भएको बताए।

    बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले सहभागीलाई अवसरको सदुपयोग गर्न आग्रह गर्दै, विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले तालिम आवश्यक रहेको बताए। तालिमले रोजगार सिर्जना र स्वदेशी प्रविधिमा आत्मनिर्भरता हासिल गर्न मद्दत गर्ने उनको भनाइ थियो।

    रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोगमा,  बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा सञ्चालन गरिएको अटोमोबाइल सम्बन्धी १६ दिने (९६ घन्टा) निःशुल्क तालिम भएको थियो । इन्जिन प्रणाली व्यवस्थापनसम्बन्धी तालिमको पनि  रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा सञ्चालन हुने छ भने बुटवल अटो इन्जिनियरिङ एशोसिएशन रुपन्देही लुम्बिनी तथा नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुरको संयुक्त आयोजना तथा व्यवस्थापनमा हुँदैछ । 

    कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका उपाध्यक्ष एवं तालिम संयोजक ध्रुवराज भुसाल, महासचिव पुनित पोखरेल, सहभागी अमन लामिछाने लगायतले बोलेका गिए । कार्यक्रममा १५ उद्योगबाट २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

    नयाँ तालिममा १६ उद्योगका २० जना प्रशिक्षार्थी सहभागी छन्।यता नेपाली सेनाको तालिममा भने १० जना सहभागि रहेको प्राविधिक उपसेनानी एवं तालिम संयोजक प्रमोद रेग्मीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij