२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्याकेजका सेवामा मात्रै ‘को पेमेन्ट’को शुल्क लिन अस्पताललाई बोर्डको निर्देशन

प्याकेजका सेवामा मात्रै ‘को पेमेन्ट’को शुल्क लिन अस्पताललाई बोर्डको निर्देशन

प्याकेजका सेवामा मात्रै ‘को पेमेन्ट’को शुल्क लिन अस्पताललाई बोर्डको निर्देशन

प्याकेजका सेवामा मात्रै ‘को पेमेन्ट’को शुल्क लिन अस्पताललाई बोर्डको निर्देशन

प्याकेजका सेवामा मात्रै ‘को पेमेन्ट’को शुल्क लिन अस्पताललाई बोर्डको निर्देशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध नागरिकबाट प्याकेजका सेवामा मात्रै को पेमेन्टबापतको शुल्क लिन निर्देशन दिएको छ । प्रत्येक परीक्षण तथा औषधि लिँदा छुट्टाछुट्टै शुल्क लिने गरेको पाइएपछि बोर्डले यस्तो निर्देशन दिएको हो । 

    यसरी प्रत्येक सेवामा अतिरिक्त शुल्क लिनु को पेमेन्टको अवधारणविपरीत भएको बोर्डको ठहर छ । अस्पताल भर्ना भएर उपचार गराएका बिरामीको हकमा पनि डिस्चार्ज हुँदा दाबी गरिएको प्याकेजअनुसार मात्रै को पेमेन्ट लिन भनिएको छ । 

    बोर्डले २०८१ वैशाखदेखि सरकारी सेवा प्रदायक संस्थामा १० र निजीमा २० प्रतिशत को पेमेन्टको व्यवस्था गरेको छ । जसअनुसार अस्पतालबाट प्रदान गरिने अन्तरंग, बहिरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनस्र्थापना सेवामा लागेको जम्मा खर्चमध्ये बिरामीले १० प्रतिशत व्यहोर्नुपर्छ । सरकारीबाहेकका स्वास्थ्य संस्थाबाट यी सेवा लिँदा भने सेवाग्राहीले २० प्रतिशत शुल्क आफैँले तिर्नुपर्छ । तर, अकस्मिक स्वास्थ्य सेवा, सरकारद्धारा निःशुल्क प्रदान गर्न तोकिएका आधारभूत स्वास्थ्य सेवा र औषधिमा भने को पेमेन्ट लागु हुँदैन ।  

    साथै, अतिगरिबको परिचयप्राप्त परिवार, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, रातो कार्ड पाएका अति अशक्त, अपांगता भएका नागरिक, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिलखालका क्षयरोगीलाई पनि को पेमेन्ट लागु हुँदैन । त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविका र सरकारले समय समयमा तोकेका वर्गले समेत को पेमेन्ट गर्नु पर्दैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij