२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अगुवा कृषकलाई कृषि सामग्री वितरण

अगुवा कृषकलाई कृषि सामग्री वितरण

अगुवा कृषकलाई कृषि सामग्री वितरण

अगुवा कृषकलाई कृषि सामग्री वितरण

अगुवा कृषकलाई कृषि सामग्री वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • बासुदेव ढकाल
    रामपुर पाल्पा
    पाल्पाको रामपुर नगरपालिका वडा नं.६ का अगुवा कृषकहरुलाई कृषि सामग्री ठेला गाडा वितरण गरिएको छ । 
    रामपुर नगरपालिकाबाट वडा नं.६ मा स्वीकृत कृषि प्रवर्धन तथा कृषक सम्मान कार्यक्रमअन्तर्गत कृषकलाई दैनिक उपयोगी सामग्रीको रुपमा ठेला गाडा वितरण गरेको हो । 


    कृषकलाई ठेलागाडा वितरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले सानातिना अनुदानका कार्यक्रमभन्दा अब बिउबिजन उत्पादन र स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकाको सोंच रहेको बताउँदै एक वडा एक उत्पादनमा नगरपालिकाले दिने व्याज अनुदान कार्यक्रमा सहभागी हुन कृषकलाई आग्रह गरेका छन् ।


    विजयपुर कृषि सहकारी संस्था लि. रामपुरको समन्वयमा संस्थाको कार्यालय विजयपुरमा भएको कार्यक्रममा वडाका ७० जना अगुवा कृषकहरुलाई कृषि उद्पादन मल, बिउ,  पराल ओसार पसार गर्न सजिलो हुने कृषि औजारको रुपमा ठेलागाडा वितरण भएको हो । 


    कार्यक्रममा विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मीले वडा कार्यालयले सहकारीसँग समन्वय गरेर कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै बिउ आलु पकेट क्षेत्रका रुपमा काम गर्न सहकारी नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताए ।

     
    रामपुर नगरपालिका वडा नं.६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य शारदा आचार्य र सञ्चालन वडा सचिव महेशप्रसाद भट्टराईले गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij