बुटवल । सिद्धार्थ इन्टरनेशनल कलेज बुटवलले मेड इन नेपाल कार्यक्रम सम्पन्न गरेको छ । नेपाली उद्यमशीलता, संस्कृति र उत्पादनहरुको प्रबर्धन गर्न नेपाली ह्याण्स नेपाली ब्राण्ड व्यवसायिक मर्मलाई आत्मसात् गरी कार्यक्रम आयोजना गरिएको हो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अर्यालले युवाहरुलाई युवाकै उद्यम र परिश्रमको बारेमा जानकारी गराउने कार्यक्रमले उत्प्रेरकको भूमिका खेल्ने बताए । उनले सीप हस्तान्तरण गर्ने वातावरण हुनु उत्कृष्ठ रहेको बताए ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष चिरन्जीवी जोशीले युवाहरु लक्षित कार्यक्रम क्याम्पले गर्दै आईरहेको बताउँदै बिद्यार्थीलाई व्यवहारिक सीप सिकाउनु महत्वपूर्ण रहेको बताए ।
सिद्धार्थ इन्टरनेशनलकलेज व्यवस्थापन समिति र सिद्धार्थ इन्टरनेशनलकलेज विद्यार्थी कल्याणकारी परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रचार्य राम प्रसाद खरेल, विद्यार्थी कल्याणकारी परिषद का अध्यक्ष दिक्षा पौडेल लगायतले बोलेका थिए ।
एस कार्येक्रममा इन्सपाएर एक्सद्वारा “बुटवल र यसको बाहिरका अवसरहरू“ विषयमा प्यानल छलफल कार्यक्रम आयोजना गरिएको थियो, एस कार्यक्रममा केपिआइ हेल्मेटका निर्देशक सुमन बश्याल तथा मणिग्राम विश्राम बाटिका प्रा.लि.का निर्देशक प्रणन्दा दीक्षित प्यानलिस्टहरू थिए ।
उक्त सत्रको मोडरेटर इन्सपाएर एक्सका संस्थापक विशाल श्रेष्ठ रहेका थिए । कार्यक्रममा नेपाली युवा उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाका २१ वटा स्टलहरु रहेका थिए । संस्कृति प्रवद्र्धनका लागि विद्यार्थीद्वारा नृत्यप्रद्शन,स्थानीय नेपाली ब्यान्डद्वारा विशुद्ध नेपाली गीत तथा संगीत प्रस्तुत गरिएको थियो ।

विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको पोखरा विश्व विद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पसले बिभिन्न रचनात्मक कार्यहरु गर्नुका साथै सामाजिक उत्तरदायीत्वका कार्यहरु गर्दै आईरहेको छ ।




