२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्थापना दिवसमा विविध कार्यक्रम

स्थापना दिवसमा विविध कार्यक्रम

स्थापना दिवसमा विविध कार्यक्रम

स्थापना दिवसमा विविध कार्यक्रम

स्थापना दिवसमा विविध कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • बुटवल । उद्योग व्यापार संघ बुटवलले सातौ स्थापना दिवसमा विविध कार्यक्रम गरिरहेकाे छ । स्थापना दिवसको अवसरमा रक्तदान र अर्को दिन सरसफाई गरि दुई दिन कार्यक्रम गर्न लागिएको महासचिव यमलाल मरासिनीले जानकारी दिए । 

    संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेयको अध्यक्षता तथा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिम नारायण पराजुलीको प्रमुख आतिथ्यतामा आयोजना भएको रक्तदानमा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक कोशलराज भण्डारीले जानकारी दिए । 

    रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका बरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै शुभारम्भ भएको थियो । 

    कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डे, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव पराजुली, संस्थाका उद्योग उपाध्यक्ष पदम जिसीलगायतले रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस भनेर कार्यक्रम आयोजना गरिएको बताएका थिए । 

    यसैबिच शुक्रबार बिहान सरसफाई कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।

     लुम्बिनी नर्सिङ होम देखी ट्राफिकचोक सम्म्को डिभाईडर संस्थाले बनाएको मलजल तथा सरसफाई कार्यक्रम आयोजना गरिएको जिसीले जानकारी दिए । कार्यक्रम बुटवल ६ अध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा हुने जिसीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij